आयरल्याण्डले नेपाललाई दियो एक सय २२ रनको चुनौती

उज्यालो प्रतिनिधि १२ चैत्र २०८०, सोमबार खेल

काठमाडौँ  ।   आयरल्याण्ड ‘ए’ टोलीले ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितका लागि एक सय २२ रनको चुनौती दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २१ रनको योगफल बनायो ।

आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३९ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४६ रन बनाएका हुन् । त्यसैगरी म्याथ्यु हम्फ्रिज र लियाम मकार्थीले समान १६र१६ रन जोडे ।

म्याथ्युले १३ बलमा एक छक्का प्रहार गर्दै १६ रन जोडे भने लियामले सात बलमा दुई चौका र एक छक्काको सहयोगमा १६ रन बनाए । फिओन ह्यान्डले ११ रन बटुल्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले समान दुईरदुई विकेट लिए भने करण केसी र कुशल मल्लले समान एकरएक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार