कर्णाली प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार

सुर्खेत । कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार भएको देखिएको छ । भौगोलिक विकटताका कारण सबै ठाउँमा यातायातको पहुँच नपुगेको कर्णालीको स्वास्थ्य सूचकमा आंशिक सुधार देखिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्ध वार्षिक समीक्षामार्फत सार्वजनिक गरेको प्रमुख स्वास्थ्य सूचकमा यो अवस्था देखिएको हो । मन्त्रालयले सुरक्षित सुत्केरी, बाल मृत्युको अवस्था, परिवार नियोजनका अस्थायी साधनको प्रयोग र पोषणको अवस्थालगायत समेटी चालु आवसहित तीन आर्थिक वर्षको तथ्याङ्क सार्वजनिक गरेको हो ।

कर्णालीमा सबै खालका खोप पूर्णरुपमा प्राप्त गर्ने बालबालिका आर्थिक वर्ष २०७८/७९ मा ८८.६ प्रतिशत थियो । आव २०७९/८० मा घटेर ८३ प्रतिशतमा झरेको छ । चालु आवको पुस मसान्तसम्म ८२ प्रतिशतले खोप प्रयोग गरेका छन् ।

त्यस्तै कूल बालबालिकामध्ये कम तौल भएका दुई वर्ष मुनिका बालबालिका आव २०७८/७९ मा ४.१ प्रतिशत थियो । आव २०७९/८० मा ३।६ प्रतिशत रहेको छ । चालु आवको पुस मसान्तसम्ममा २।७ प्रतिशत बालबालिका कम तौल भएको पाइएको छ ।

नवजात शिशुको मृत्यु सङ्ख्या आव २०७८/७९ मा दुई जना रहेकामा आव २०७९/८० मा शून्यमा झरेको तथ्याङ्क उल्लेख छ । तर चालु आवको पुस मसान्तसम्म छ जना मृत्यु भएको देखिएको छ ।

पाँच वर्ष मुनिका बालबालिकाको मृत्यु सङ्ख्या आव २०७८/७९ मा १० जना, आव २०७९र८० मा आठ जना र चालु आवको पुस मसान्तसम्म १० जनाको मृत्यु भएको तथ्याङ्कमा छ ।

आव २०७८/७९ मा मातृ मृत्यु सङ्ख्या १७ जना रहेको छ । आव २०७९/८० मा १६ जना छन् । चालु आवको पुससम्ममा छ जना आमाको मृत्यु भएको तथ्याङ्कमा देखिएको छ । परिवार नियोजनको साधनको प्रयोगदर आव २०७८/७९ मा १८.७ प्रतिशत, आव २०७९र८० मा १६.१ र चालु आवको पुस मसान्त सम्ममा १६।१ प्रतिशत रहेको पाइएको छ । चार पटकसम्म नियमित गर्भ जाँच गराउने गर्भवतीको सङ्ख्या आर्थिक वर्ष २०७८र७९ मा ७२।३ रहेको थियो भने आव २०७९/८० मा बढेर ९८.३ प्रतिशत पुगेको छ । चालु आवको पुस मसान्तसम्म ८५ प्रतिशत पुगेको छ ।

आठ पटकसम्म गर्भ जाँच गराउने गर्भवतीको सङ्ख्या आव २०७८/७९ मा शून्यमा झरेको छ । त्यस्तै आव २०७९र८० मा ३४.६ प्रतिशत छ । चालु आवको पुस मसान्तसम्म ३१.४ प्रतिशत छ । सुत्केरीपश्चात् मापदण्डअनुसार तीन पटक जाँच गराउने आमा आव २०७८/७९ मा ५२।६ प्रतिशत रहेकामा आव २०७९र८० मा बढेर ५७।३ प्रतिशत पुगेको छ । चालु आवको पुस मसान्तसम्म ६८.८ प्रतिशत रहेको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

स्वास्थ्य संस्थामा गई सुत्केरी गराउनेको सङ्ख्या बढेको छ । आव २०७८/७९ मा ६९.८ प्रतिशतले स्वास्थ्य संस्थामा गई सुत्केरी गराएकामा आव २०७९/८० मा ८३।६ प्रतिशतले स्वास्थ्य संस्थामा गई सुत्केरी गराएका छन् । दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउनेको सङ्ख्या आव २०७८र७९ मा ७०.१ रहेकामा २०७९/८० मा ७४.५ रहेको छ । चालु आवको पुस मसान्तसम्म ५३.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा जम्मा क्षयरोग बिरामीको सङ्ख्या आ २०७८/७९ मा एक हजार छ सय ५२ जना थिए । आव २०७९र८० मा ८० जना घटेर एक हजार पाँच सय ७२ रहेको छ । चालु आवको पुस मसान्त सम्म छ सय ८५ मात्र क्षयरोगी रहेका छन् । कुष्ठरोगमा बिरामीको सङ्ख्या आव २०७८र७९ मा ६८ रहेकामा आव २०७९र८० मा ७३ र चालु आवको पुस मसान्तसम्म २८ जना छन् ।

एचआइभी सङ्क्रमितको सङ्ख्या आव २०७८/७९ मा ७० जना थिए । आव २०७९/८० मा ५६ र चालु आवको मसान्तसम्ममा ४४ जना रहेको तथ्याङ्कमा उल्लेख छ । प्रदेशभरि बहिरङ स्वास्थ्य सेवा लिन आएका बिरामीको सङ्ख्या आव २०७८/७९ मा १०४.५ प्रतिशत, आव २०७९/८० मा ८४।७ प्रतिशत र चालु आवको पुस मसान्त सम्म ५३.४ प्रतिशत रहेको छ । अस्पतालमा आकस्मिक सेवा लिने बिरामीको सङ्ख्या आव २०७८र७९ मा ३।४ प्रतिशत, आव २०७९/८० मा ५.१ र चालु आवको पुस मसान्तसम्ममा ६।२ प्रतिशत रहेको देखिएको छ । प्रदेश सरकारले स्वास्थ्य सूचकमा सुधार ल्याउन भरमग्दुर प्रयास गरेको जनाएको छ ।

कर्णाली प्रदेश पूर्ण खोपयुक्त घोषणा कार्यक्रमलाई मुख्य उपलब्धिका रूपमा हेरिएको छ । विद्यालयमा पोषण कार्यक्रम सञ्चालन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । तीन तहका सरकारको सक्रियतासँगै कर्णालीका स्वास्थ्य अवस्था सुधार भएको मुख्यमन्त्री राजकुमार शर्माले बताए । भौगोलिक विकटताले गर्दा तोकिएका काम गर्न समय लागेकोसमेत मुख्यमन्त्री शर्माको भनाइ छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार