लोकसेवा आयोगको जनविश्वास टुट्न दिनुहुँदैन : प्रदेश प्रमुख भट्ट

उज्यालो प्रतिनिधि ११ चैत्र २०८०, आईतवार समाचार

लेखनाथ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परीक्षा प्रणालीको गुणस्तरीयतालाई कायम राख्दै गण्डकी लोकसेवा आयोगप्रतिको जनविश्वास टुट्न दिन नहुने बताएका छन् । प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवको आज उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले आयोगलाई आफ्नो गरिमालाई कायम राख्दै नेपालको संविधान र प्रचलित कानुनको अधिनमा रहेर आफ्ना गतिविधि प्रभावकारी रुपमा अगाडि बढाउन सुझाव दिए ।

“लोक सेवा आयोगले आफ्नो योग्यता, निष्पक्षता र स्वच्छता आजको मितिसम्म पनि कायमै राख्न सफल भएकोमा त्यसप्रति धन्यवाद व्यक्त गर्दै अवका दिनमा पनि आयोग अझ बढी प्रभावकारी रुपमा अगाडि बढ्नुपर्छ”, उनले भने, “आयोगमा राजनीतिक हस्तक्षेप हुन दिनुहुँदैन ।”

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निष्पक्षताको विश्वासिलो संस्था आयोग मात्र रहेको बताउँदै उनले आयोगले आफ्ना काम कारबाही दूत्रगतिमा अगाडि बढाउनुपर्नेमा जोड दिए । नेपालको शैक्षिक जनशक्ति रोजगारीका लागि विदेशिने क्रम अत्यधिक भएका कारण रिक्त पदपूर्तिका लागि आयोगले छिटोछिटो परीक्षा सञ्चालन गरी उनीहरुलाई नेपालमा नै बस्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए ।

नेपाली जनताले राजनीतिक परिवर्तनका लागि पटक–पटक लड्नुपर्ने अवस्था सिर्जना हुँदा देशमा राजनीतिक स्थिरता आउन नसकेकोप्रति चिन्ता व्यक्त गरे । यहाँका राजनीतिक दलहरुले मुलुकलाई कसरी राजनीतिक स्थिरतातर्फ लान सकिन्छ भन्ने तर्फ ध्यान दिन जरुरी भएको उनले बताए ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले लोक सेवा आयोगको निष्पक्षता, गोपनीयता र जनविश्वास टुट्न दिन नहुने बताए । लोक सेवा आयोग देशको स्थायी सरकार हो, यसले आफ्नो गरिमालाई कायमै राख्दै अझ बढी प्रभावकारिता बढाउनुपर्नेमा उनले जोड दिए ।

उच्च अदालत पोखराका मुख्यन्यायाधीश राजनप्रसाद भट्टराईले आयोगले स्थापनाकालदेखि नै आफ्नो निष्पक्षता, स्वच्छता र योग्यतालाई कायमै राख्दै अगाडि बढेकोप्रति खुसी व्यक्त गर्दै अबका दिनमा पनि आयोगले आफ्नो प्रभावकारिता र जनाविश्वास कायमै राख्नुपर्नेमा जोड दिए ।

लोक सेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आयोगले गरेको आफ्ना काम कारबाहीबारे प्रकाश पारिएको थियो । उक्त अवसरमा आयोगद्वारा आफ्नो तेस्रो वार्षिकोत्सवमा प्रकाशित स्मारिकाको विमोचनसमेत गरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार