बझाङमा चट्याङ लागेर एकको मृत्यु, सात जना घाइते

उज्यालो प्रतिनिधि १० चैत्र २०८०, शनिबार समाचार

चैनपुर (बझाङ)  ।   बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।

चट्याङमा घाइते हुने एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सामान्य घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धीरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, ४० वर्षीया पञ्चादेवी सिंह, उनको छोरा ९ वर्षीय नितेश सिंह र छोरी १३ वर्षीया लक्ष्मी सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार घाइतेमध्ये लक्ष्मी सिंहको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । स्वर्गीय सिंहको शव परीक्षणका लागि जिल्ला पु¥याउने तयारी भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार