आज मिति २०८० साल चैत १० गते, शनिबार, यस्तो छ तपाईको राशिफल

उज्यालो प्रतिनिधि १० चैत्र २०८०, शनिबार आजको राशिफल

मेष : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। माया प्रेम बढ्ने समय छ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त होला। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारमा खुशी मिल्ने दिन छ।

वृष : समय सामान्य छ। यात्रामा सचेत बन्नु राम्रो हुन्छ। तीव्र सवारी नकुदाउनु राम्रो हुन्छ। प्रेम सम्बन्धमा खटपट हुने जोखिम छ। ठुलो लगानी नगरेको राम्रो हुन्छ।

मिथुन : दिन राम्रो छ। रोकिएको काम बन्नेछ। लामो यात्राको योग छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानी राम्रो हुनेछ। परिवारले साथ दिनेछन्।

कर्कट : समय राम्रो छ। सांस्कृतिक र धार्मिक कार्यमा मन जानेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। अप्ठेरो अवस्थामा उचित निर्णय लिनुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारमा खुशी मिल्नेछ। तपाईंको बोलीको प्रभाव बढ्नेछ। शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ।

कन्या : दैनिकी सामान्य छ। बजारको खानपानमा रमाउँदै गर्दा सचेत हुनुपर्ने देखिन्छ। यात्रा जोखिम हुनसक्छ। आफन्तसँगको भेटले मन भने खुशी हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : समय राम्रो छ। तपाईंको कामको चर्चा हुनेछ। श्रमको मूल्य प्राप्त हुनेछ। सोचेका काम गर्दा फाइदा हुन्छ। तपाईंको बोलीबाट धेरै मानिस प्रभावित हुनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। नयाँ लुगामा बढी खर्च हुनेछ। सामान हराउने जोखिम रहेकाले सचेत भएको राम्रो हुन्छ। अभिभावकको माया प्राप्त हुनेछ। आफूभन्दा ठुलाले सहयोग गर्ने दिन छ।

धनु : दिन राम्रो छ। काम गरेर अरुलाई लोभ्याउनुपर्ने समय छ। अतिथि बनेर सम्मान प्राप्त हुनसक्छ। सामाजिक क्षेत्रमा मान बढ्नेछ। साथीभाइको साथ र सहयोग रहन्छ।

मकर : दिन सामान्य छ। आज अधिकारका लागि आन्दोलन गर्नुपर्ने दिन हो। यात्रा सफल हुनेछ। धार्मिक कार्यमा मन जानेछ। परिवारको मायाले काम गर्ने परिस्थिति बन्नेछ।

कुम्भ : साथीसँगको भेट रमाइलो हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मनमा उत्साह बढ्नेछ। इष्ट मित्रहरु दाहिना छन्। तपाईंको लगानीबाट फाइदा हुनेछ।

मीन : नयाँ ज्ञानको अवसरका लागि ढोका खुल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। परिवारको साथ मिल्नेछ। मन खुशी हुनेछ। शिक्षाको लगानीमा फाइदा हुनेछ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार