काठमाडौँ। नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार स्थिर रहेको सुनको मूल्यले बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेर रेकर्ड कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार १ लाख २५ हजार २ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज २६ सय रूपैयाँले बढेर १ लाख २७ हजार ८ सय मूल्यमा कारोवार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २७ हजार २ सय रूपैयाँ तोकिएको छ।
बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १ हजार ५ सय २० रूपैयाँमा कारोवार भएको चाँदी आज ३५ रूपैयाँले बढेर १ हजार ५ सय ५५ रूपैयाँमा कारोवार भइरहेको छ।