विश्वकप एएफसी एसियन कप छनोटको दोस्रो चरणमा आज नेपाल बहराइनसँग भिड्दै

उज्यालो प्रतिनिधि ८ चैत्र २०८०, बिहीबार उज्यालो फोकस

काठमाडौं । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणमा आज (बिहीबार) नेपाल बहराइनसँग भिड्दै छ।

बहराइनको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार राति पौने १ बजे सुरु हुनेछ।

होम एन्ड अवेका आधारमा खेल हुने भए पनि दशरथ रगंशाला खेल्न अयोग्य भएपछि नेपालले दुवै खेल बहराइनमा खेल्ने भएको हो।

नेपालले न्युट्रल भेन्युका रूपमा भुटान र साउदी अरब प्रस्ताव गरे पनि बहराइनले खेल्न अस्वीकार गर्दै दुवै खेल आफ्नै मैदानमा खेल्ने बताएको हो।

नेपालले पहिलो चरणको पहिलो लेगमा लाओससँग बराबरी गरेको छ भने दोस्रो लेगमा १–० को जित हासिल गरेको छ।

नेपाल समग्रमा १–० नतिजा निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो। दोस्रो चरणमा नेपाल रहेको समूहमा बहराइनसँगै यमन र यूएई छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार