गरिबीलाई शून्यमा झार्नु छ : अध्यक्ष ओली

उज्यालो प्रतिनिधि ७ चैत्र २०८०, बुधबार समाचार

काठमाडौँ   । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिबी रेखालाई घटाएर शून्यमा झार्नुपर्ने बताएका छन । काठमाडौँ जिल्ला कमिटीको बृहत् कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले सरकारले गरिबी शून्यमा झार्ने गरी काम गर्ने बताए । उनले अहिले गरिबीको रेखामुनि १७ प्रतिशतबाट बढेर २०.२६ प्रतिशतमा पुगेको उल्लेख गर्दै त्यसलाई शून्यमा झार्नुपर्ने बताए ।

“हामीले सरकारमा रहँदा निरपेक्ष गरिबीको रेखालाई १७ प्रतिशतमा झारेका थियौँ । तर अहिले त्यो बढेर फेरि २०.२६ प्रतिशतमा पुगेको छ । त्यसलाई घटाउनु छ । शून्यमा झार्नु छ,” उनले भने । अध्यक्ष ओलीले एमाले देश बनाउने सङ्कल्प बोकेर हिँडेको पार्टी भएको धारणा राख्नुभयो । उनले आगामी निर्वाचनमा काठमाडौँमा गएको निर्वाचनको जस्तो हार अस्वीकार्य भएको बताए। “पछिल्लो निर्वाचनमा १० प्रतिशतको हैसियतमा झ¥यो । काठमाडौँका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौँ यो स्थितिलाई अनिवार्य बदल्नै पर्छ”, उनले भने, “एमालेलाई काठमाडौँमा यो अवस्था कुनै हालतमा स्वीकार्य छैन ।

एमालेले काम गरेर देखाएको हिसाबले पनि जुन परिमाण आएको छ । त्यो पीडादायी रहेको छ ।” उनले आगामी निर्वाचनमा काठमाडौँमा एमालेले ९० प्रतिशत मत ल्याउनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले पार्टीका पक्षमा सामाजिक सञ्जालमार्फत बोल्न कार्यकर्तालाई आग्रह गरे । “पार्टीका पक्षमा बोल्नुप¥यो । विपक्षीले लगाएका झुठो आरोपको खण्डन गर्नुप¥यो । यो झुठो हो भनेर सामाजिक सञ्जालमा किन टिप्पणी लेख्दैनाँै”, उनले भने। अध्यक्ष ओलीले नेपाललाई समृद्ध र सुशासनयुक्त बनाउन खोजेको बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार