आयरल्यान्ड र भारतसँग खेल्ने टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा

उज्यालो प्रतिनिधि ७ चैत्र २०८०, बुधबार खेल

काठमाडौँ  ।   नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने फ्रेन्डसिप कपका लागि आज नेपाली टोली घोषणा गरेको छ ।

क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको  घोषणा गरेको हो । छनोट हुने नेपाली टोलिमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा र आकाश चन्द छन् ।

नेपालले आयरल्यान्डसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही चैत १२ र १३ गते  ट्वान्टी–ट्वान्टी खेल खेल्नेछ । त्यसपछि नेपाली टोली भारत जानेछ । भारतमा नेपालले पहिलो खेल यही चैत्र १८  गुजरातसँग खेल्नेछ भने दोस्रो खेल चैत २० गते बरोडासँग खेल्नेछ ।

त्यस्तै नेपालले आफ्नो तेस्रो खेल चैत २१ गते गुजरातसँग खेल्नेछ । उक्त  सिरिजको अन्तिम खेल नेपालले चैत २३ गते बरोडासँग खेल्नेछ । लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल भने चैत २५ गते  हुनेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार