केन्याको बस दुर्घटनामा ११ विद्यार्थीको मृत्यु, ४२ जना घाइते

उज्यालो प्रतिनिधि ६ चैत्र २०८०, मंगलवार विश्व

नैरोबी । केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

केन्याको राजधानी नैरोबीबाट ३६० किलोमिटर टाढा रहेको माउन्गुमा स्थानीय समयअनुसार सोमबार साँझ ५ः५० बजे केन्याटा युनिभर्सिटीका विद्यार्थीहरू तटीय शहर मोम्बासातर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।दुर्घटनामा १० जनाको घटनास्थलमा नै मृत्यु भएको र एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको विवरणमा भनिएको छ, “भारी वर्षा भइरहेको बेला विश्वविद्यालयको बसका चालकले अन्य सवारी साधनलाई उछिन्दा ५८ जना सवार बस सडकको दाहिनेतिर चिप्लिएको र ट्रकसँग ठोक्किएको खान थियो ।”केन्याली रेड क्रसले घाइतेहरूलाई नजिकैको भोइ शहरको एक अस्पतालमा लगिएको जनाएको छ ।

पूर्वी अफ्रिकी राष्ट्र केन्यामा खराब सडक संरचना, पूराना सवारी साधन र चालकको लापर्बाहीका कारण हुने सडक दुर्घटनाका कारण बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गर्छन् ।राष्ट्रिय यातायात तथा सुरक्षा प्राधिकरणको तथ्याङ्कअनुसार केन्यामा सन् २०२३ मा सडक दुर्घटनामा परी चार हजार ३२४ जनाको मृत्यु भएको छ भने १८ हजार ५६१ जना घाइते भएका छन् ।

यद्यपि, सन् २०२४ जनवरी १ देखि फेब्रुअरी ११ को बीचमा ५३६ जनाको मृत्यु भएको थियो, को सुरुवात घातक थियो, जनवरी १ देखि फेब्रुअरी ११ को बीचमा ५३६ जनाको मृत्यु भएको थियो । जुन गत वर्षको सोही अवधिको तुलनामा पाँच प्रतिशतले बढी हो ।फेब्रुअरी ११ मा भएको सडक दुर्घटनामा २४ वर्षीय विश्व म्याराथन कीर्तिमानधारी केल्भिन किप्टमको मृत्यु भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार