काठमाडौँ । मकवानपुरको बकैया गाउँपालिका वडा नं–१० का ३५ बर्षीय युवराज भोलनले उपचारका लागि सहयोगको अपिल गरेका छन् । भोलनलाई बोन म्यारो तथा रक्त सम्बन्धी रोग भएकाले ‘बोन म्यारो ट्रान्सप्लान्ट’ गर्ने रकम अपुग भएकाले आवश्यक रकम सहयोग गर्न आग्रह गरेका हुन् । परिवारिक स्रोतका अनुसार भोलनको केहि महिनादेखि वीर अस्पालमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएकाले भोलनको उपचारमा सहयोग गर्न अपिल गरिएको हो ।
चिकित्सकले ‘बोन म्यारो ट्रान्सप्लान्ट’ उपचारका लागि छिमेकी राष्ट्र भारतमा लैजानुपर्ने र उपचारका लागि ३५ लाख रुपैयाँ लाग्ने बताएका छन् । ‘बोन म्यारो ट्रान्सप्लान्ट’ उपचार गरेपछि ठिक हुने सल्लाह दिएपछि अहिले उनले सबैसँग आर्थिक सहयोगको याचना गरिरहेका छन् । केही भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाईरहेको छ । नयाँ जीवनको आशामा बाँचिरहेका पिडित भोलनले सहयोगको लागि सबै सामु अपिल गरेका हुन् ।
युवराज भोलनलाई सहयोग जुटाउन युवराज भोलन नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक ११२०१०१०३६६०१०१० नम्बरको खाता रहेको छ । थप जानकारीका लागि मोबाइल नम्बर ९८४०२७५४७० वा ९८६०१४७७४ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।
परिवारले विभिन्न राजनीतिक दल, सामाजिक संघ संस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेको छ।