छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा

उज्यालो प्रतिनिधि ६ चैत्र २०८०, मंगलवार शिक्षा

तम्घास (गुल्मी) । छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीले अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् । पालिकाले सूचना जारी गर्दै जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमै अध्यापन गराउन निर्देशन जारी गरेका हुन् ।

छत्रकोट गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिकाभित्र कार्यरत राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका सम्पूर्ण पदाधिकारीले आगामी शैक्षिक सत्र २०८१ देखि आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गरेको छ ।

छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले सरकारी सेवासुविधा लिनेलाई सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नका लागि नैतिक प्रश्न सिर्जना भएकोले यस्तो निर्णय गरेको बताए । “सामुदायिक विद्यालय सुधार्नका लागि पहिले हामीले आफ्नै बालबालिका सामुदायिक विद्यालयमा पढाउनुपर्छ’, उनले भने ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार