एक्काइस वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ

उज्यालो प्रतिनिधि ६ चैत्र २०८०, मंगलवार समाचार

काठमाडौँ   ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ बस्ने ४१ वर्षीय तेजबहादुर राई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नहकुल पोखरेलले जानकारी दिए। उनका अनुसार निज व्यक्ति २०५९ सालमा सञ्जय शाहीको हत्या गरी फरार रहेका थिए । शहीको २१ वर्षअघि काठमाडौँ महानगरपालिका–१९ मरुढोका इनाटोलमा रहेको एक पशु बधशालामा मापसे गरी झगडा पर्दा राईले हत्या गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार