काठमाडौं । क्यान्सर पिडित सुखमान राईलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। सुखमान राई बचाऊ अभियानबाट संकलन भएको २ लाख १९ हजार ४३९ रुपैंया चेकमार्फत र बाकी रकम ३ हजार ५०० नगत गरी जम्मा २ लाख २२ हजार ९३९ हस्तान्तरण गरेको हो ।
समाजसेवी चन्द्रकुमार राई, केदार आले मगर, इश्वर बन्जारा, बबिता राईलगायत उक्त आर्थिक सहयोग हस्तान्तरण गरेका थिए। खोटाङ्गको बराहपोखरी गाउँपालिका वडा-२ साकुमा स्थाई घर भएका राई विगत ४ वर्ष अगाडी चौदण्डीगडी नगरपालिका वडा नम्बर ८ बिरेन्द्र बजारमा बसाई सरेका थिए ।
लामो समयदेखि क्यान्सरबाट पिडित भएका राईको आर्थिक अवस्था कमजोर भएका कारणले उपचार गर्नको लागि समस्या भएपछि आर्थिक सहयोग अभियान संचालन गरेको छोरी निशा राईले जानकारी दिइन् ।
संकलन अभियानमा केदार कुमार मगर, ध्यान कुमार राई, इश्वर बन्जारा, प्रकाश बन्जारा, हरी श्रेष्ठ, सन्देश मगर, पुकल श्रेष्ठलगायतको विशेष भूमिका रहेको उनले बताइन ।
आर्थिक सहयोग हस्तान्तरण गर्ने क्रममा चन्द्रकुमार राईले सामाजिक संजालको विकाससँगै यस्ता आर्थिक सहयोग अभियान पनि विकास हुँदै आएको बताए । आफू पनि क्यान्सर पिडित भएको सुनाउँदै सबै मिलेर सहयोग गर्दा उपचार गर्न टेवा पुग्ने बताए । समाजसेवी राईले आफ्नो जन्मिएको गाउँको लागि सामाजिक कार्यहरु यसरि नै गर्दै आएको बताए ।
त्यस्तै, समाजसेवी केदारकुमार मगरले पनि आफ्नो नेतृत्वमा लामो समयदेखि नै आर्थिक सहयोग अभियान चलाएर सहयोग गर्दे आएको बताए । सबै मिलेर गाउँ, समाज र आर्थिक अवस्था कम्जोर भएका विरामीहरुको लागि सहयोग गर्दै आएको बताए । त्यस्तै उनले अभियानलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरुलाई धन्यवाद दिए ।
आर्थिक अवस्था कम्जोर भएका विरामीहरुको लागि आर्थिक अभियान लगाउंदै आएको र यस अभियानलाई पनि आफूहरुले मिलेर आर्थिक सहयोग उठाउन सफल भएको इश्वर बन्जराले बताए । जुनसुकै अभियान संचालन भए पनि आफुले सक्ने सहयोग गर्ने बताए ।
यस अभियानमा जोडिएका अभियन्ताहरुले यस अगाडी पनि धेरै आर्थिक कम्जोर भएका बिरामीहरुको लागि आर्थिक सहयोग अभियानबाट सहयोग गर्दै आएका छन् ।