जङ्गली हात्तीको आक्रमणबाट दुई घाइते

उज्यालो प्रतिनिधि ५ चैत्र २०८०, सोमबार समाचार
सुन्दरहरैँचा (मोरङ)   ।    मोरङको सुन्दरहरैँचा नगरपालिका(६ मा जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
घाँस काट्न शिवम् साझेदारी वनमा गएका बेला उनीहरूलाई हात्तीले आक्रमण गरेको उनको भनाइ छ । जङ्गलमा घाँस काट्ने क्रममा हात्तीसँग जम्काभेट हुँदा श्रेष्ठ र रायलाई आइतबार साँझ ५ बजेतिर हात्तीले आक्रमण गरेको थियो ।
हात्तीले श्रेष्ठको खुट्टामा कुल्चिएको र रायलाई सुँडले हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  घाइते श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र रायको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सुन्दरहरैँचा क्षेत्रमा १५र२० वटाको संख्यामा हात्ती रहेको स्थानीयले बताएका छन् ।
Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार