देउखुरी । नेकपा (माओवादी केन्द्र)का सांसद नारायणी शर्मा प्रतिक्षाले सरकारले भारतसंग सीमा जोडिएको दाङको खबरी नाकामा सीमा स्तम्भ पुन : निर्माण गर्न माग गरेका छन् । केही वर्ष अगाडि गढवा गाउँपालिका वडा नम्बर ८ खबरीनाकामा रहेको ४८ नं.को सीमा स्तम्भ खबरी खोलाले बगाएको हो । सोमबार प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद शर्माले उक्त क्षेत्रमा सीमा स्थम्भ पुनः निर्माण गर्न सभामुख मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराएका हुन् । उनले भने,–। ‘उक्त क्षेत्रमा सीमा स्तम्भ निर्माण गर्नुपर्ने देखिएको छ तर अहिलेसम्म कही कतैबाट यसको ध्यान पुग्नसकिराखेको छैन ।
विभिन्न राष्ट्रिय मिडियाले यस विषयमा पटकपटक समाचार सम्प्रेसण गरेका छन् । उक्त क्षेत्रमा सीमा स्तम्भ निर्माण गर्न तत्कालै पहल होस् । सभामुख मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँन चाहान्छु ।’ दाङ जिल्लाभर जम्मा ७७ वटा सीमा स्तम्भ छन् । तीमध्ये एउटा खबरी खोलाले बगाएको वर्षौं बित्दासमेत निर्माण भएको छैन । यहाँको खबरी नाकाको नजिकै रहेको ६०२/४८ नम्बर स्तम्भ सात वर्षअघि खबरी खोलामा आएको बाढीले बगाएको हो ।
नेपालको तर्फबाट राखिएका सीमा स्तम्भको रेखदेख गर्ने काम भइरहेको छ । दाङको सीमा क्षेत्र पूर्वपश्चिम ८३ किलोमिटर दूरी छ । जहाँ ७७ वटा सीमा स्तम्भमध्ये ३७ वटा मुख्य र ४० वटा सहायक स्तम्भ छन् । यहाँ सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीले दशवटा बोर्डर आउट पोस्ट (बीओपी), तिनवटा फरवार्ड बेस (एफओबी) र एउटा प्रस्तावित सीमा सुरक्षा गुल्म कोइलाबास रहेको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले सीमा स्तम्भको अवस्थाका बारेमा आफू जानकार रहेको बताए । उनले भने,–। ‘नेपाल–भारत सीमा क्षेत्रमै पुगेर स्तम्भहरूको स्थलगत निरीक्षण गर्दा एउटा सीमा स्तम्भ निर्माण नै गर्नुपर्ने अवस्था छ । सीमा स्तम्भ निर्माण गर्न माथिल्लो तहबाटै कूटनीतिक पहलबाट गर्नुपर्ने भएकाले केही ढिला भएको भनाइ उनको छ ।
https://www.facebook.com/reel/1606450260145790