नातिसगैं हजुरबुवाको हत्या गर्ने २ जना पक्राउ

उज्यालो प्रतिनिधि ५ चैत्र २०८०, सोमबार समाचार

रबिन्द्र यादव / पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा हजुरबुवा र नातीको धारिलो हतियार प्रयोग गरी हत्या गर्ने २ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सुस्ता गाउँपालिका वडा नं ३ मर्चहवा बस्ने २९ बर्षिय अजय धरिकार र सोही ठाँउ बस्ने २० बर्षिय चन्दन हरिजन रहेको प्रहरीले जनाएको छ छ ।फागुन १ गते सुस्ता गाउँपालिका वडा नं ३ मर्चहवा स्थितमा अक्षयलाल चमार र निजको नाति गौचरण चमारको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।
हत्या भएको हजुर बुवा र नातीको चमारको शरीरमा बिभिन्न भागमा धारिलो हतियार प्रहार गरीएको घाउहरु भएको दुबै जनाको शव मृत अवस्थामा भेटिएपछी उक्त घटना स्थलमा बायाँ  हातमा लगाउने हाफ पन्जा फेला परेको र अनुसन्धानका क्रममा तालिम प्राप्त कुकुर समेत परिचालन गरीएको थियो ।

घटनाको ३ दिनपछि केन्द्रिय अनुसंधान ब्युरो (CIB) को प्रहरी टोलीले गरेको अनुसन्धानको क्रममा निजहरुको संलग्नता देखिएको हो । अभियुक्त दुबै जनालाई शनिवार पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलाटारी मार्फत जिल्ला अदालत परासीबाट ज्यान सम्बन्धि कसुर मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार