देउखुरी । रिटर्नी सेन्टर नेपाल लुम्बिनीको अध्यक्षमा युवराज पौडेल निर्वाचित हुनुभएको छ । बुटवलमा भएको ऐतिहासिक प्रथम सम्मेलनबाट यस अघि तदर्थ समितिका संयोजक रहेका पौडेल पहिलो सम्मेलन बाट निर्वाचित भएका हुन ।
रिटर्नी सेन्टर नेपाल लुम्बिनी प्रदेशको तदर्थ समिति संयाेजक युवराज पाैडेलकाे अध्यक्षता एवम् नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालकाे प्रमुख अतिथिमा सम्पन्न सम्मेलनबाट ३७ कार्यसमिति सदस्यीय निर्वाचित भएका छन् ।
जसकाे उपाध्यक्षमा कमल बुढा, बामदेव आचार्य, बिमल ढकाल, सचिव कृष्ण नेपाली, सह-सचिवमा कल्पना जियम, काेषाध्यक्ष लक्ष्मण बञ्जाडे निर्वाचित भएका हुन ।