सरकारलाई असफल हुने छुट छैन : मन्त्री भण्डारी

उज्यालो प्रतिनिधि २ चैत्र २०८०, शुक्रबार समाचार

राँझा(बाँके) ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन । कोहलपुरमा सञ्चालनमा रहेको डल्फिन ग्रुप उद्योगको १४औँ वार्षिकोत्सव समारोहलाई नेपालगञ्जमा सम्बोधन गर्दै मन्त्री भण्डारीले अग्रगमन पक्षधरको सहकार्यमा बनेको वर्तमान सरकारले उद्योग क्षेत्रमा देखिएको निराशालाई आशामा बदल्ने गरी काम गर्ने उल्लेख गरे ।

“अग्रगमन पक्षधरको सहकार्य भएको छ, अहिलेको आर्थिक अवस्थामा देखिएको चुनौतीलाई अवसरमा परिवर्तन गर्नेछ”, मन्त्री भण्डारीले भने, “हामी अग्नि परीक्षामा छौँ, जनतामा देखिएको निराशा आशा देखाउन नसके सत्ता छोड्नुपर्छ ।”
मुलुकमा देखिएको विद्यमान निराशालाई आशामा बदल्न सेवा प्रवाहलाई प्राथमिकता दिइने उनले बताए । “अर्थतन्त्र सफल बनाउन उद्योग–व्यवसायलाई लगानीमैत्री वातावरण बनाइने छ । व्यवस्थित योजना साथ लगानी सम्मेलन गर्नेछौँ”, मन्त्री भण्डारीले भने, “उद्योग क्षेत्रलाई आशालाग्दो र भरपर्दो बनाउन सरकार प्रतिबद्ध छ ।”

मन्त्री भण्डारीले खुल्ला सीमाबाट हुने आपराधिक क्रियाकलाप नियन्त्रण सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै बजार मूल्यवृद्धि र बैङ्क ब्याजदर न्यूनीकरण गर्न सरकार लागिपरेको बताए ।नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले खुल्ला सीमाका कारण उद्योग व्यवसाय सञ्चालनमा समस्या भएको बताए ।

डल्फिन ग्रुपका अध्यक्ष सूर्यबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगका सञ्चालक तीर्थ थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिलगायतले धारणा राख्नुभएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार