पुर्कोटदह- सिर्सेनी सडक खण्ड : मुअब्जा वितरणमा लापरबाही

उज्यालो प्रतिनिधि २ चैत्र २०८०, शुक्रबार समाचार

विनोद कुमार राउत/गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले प्रकाशित सूचना अनुसार पुर्कोटदह- सिर्सेनी सडक खण्डमा पर्ने घरहरुको क्षतिपूर्ति (मुअब्जा) वितरण गर्ने क्रममा मदाने गाउँपालिकामा चरम लापरबाही भएपछि स्थानीय युवाहरूले विरोध जनाएका छन् ।

मदाने गाउँपालिका वडा नं. २,३ र ६ मा पर्ने ७६ वटा घरहरुलाई क्षतिपूर्ति दिनेक्रममा पहुँच आधारमा मुअब्जा वितरण गर्न लागेको गम्भीर आरोप लागेको छ । स्थानीय जगत बहादुर क्षेत्रीको करिब ९२३ वा.फि.जग्गा र घर सडक विस्तारको क्रममा भत्काउदा उनले जम्मा २० हजार रुपैयाँ मुअब्जा पाउने सूचना जारी गरेको छ भने स्थानीय भोजराज भट्टराईको ९३६ वा.फी.जग्गा र घरले भने १२ लाख ३४ हजार ६ सय ५० रुपैयाँ पाउने सूचना जारी भएको देखिन्छ ।

त्यसैगरी स्थानीय कमल बहादुर कुवार, विष्णु थापा क्षेत्री, तोप बहादुर कुवर, तुल्सि खड्का क्षेत्री, राजेन्द्र कुमार श्रेष्ठ, सुन्तली कुवर क्षेत्री, दन बहादुर कुमार लगायतले न्युन मुअब्जा पाउदै गर्दा पहुँचवाला व्यक्तिहरु भने १२ लाख सम्म मुअब्जा पाएपछि स्थानीयले चर्को आलोचना गरेका छन् ।

यस विषयमा मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र कुवरसंग कुरा गर्दा उनले गुल्मी जिल्ला प्रशासन र इन्जिनियर देखाएर आफुलाई प्राविधिक विषयको ज्ञान नभएको भन्दै पन्छिएका छन् । उनले थप भने ‘गुल्मी जिल्लाको पुर्कोटदह-सडक खण्डमा पर्ने घरहरुको क्षतिपूर्ति दिने कुरामा मलाई जानकारी छ तर कसलाई कतिदिने भन्ने विषयमा मलाई थाहा छैन किनभने मलाई प्राविधिक ज्ञान छैन ।’

विगतमा समेत पटकपटक पालिका अध्यक्ष कुवरको विवादास्पद क्रियाकलापको कारण स्थानीयले विरोध गर्दै आएको भए पनि उनले बेवास्ता गर्ने र निरन्तर आफ्नो अनुकुलतामा मात्रै काम गर्दै आइरहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार