मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अङ्कुर साह

उज्यालो प्रतिनिधि २ चैत्र २०८०, शुक्रबार शिक्षा

गोदार (धनुषा)  ।   मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अङ्कुर साह नियुक्त भएका छन्  ।सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार डा साहलाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो । स्वास्थ्यमन्त्री सिंहले गत फागुन २१ गते डा साहको नाम पहिलो नम्बरमा सिफारिस गरेका थिए ।

प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहनुभएका डा साह प्रतिष्ठानका निमित्त उपकुलपति हुनुहुन्थ्यो । गत जेठ २५ प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएपछि सो पद रिक्त थियो । रिक्त पदमा नियुक्तिका लागि गत असोज १८ गते दरखास्त आह्वान गरिएको थियो । उपकुलपतिका लागि १५ जनाले आवेदन दिएका थिए ।

उपकुलपति पदका लागि डा रमेशप्रसाद सिंह (सर्लाही), डा योगेन्द्रप्रसाद सिंह (सर्लाही), डा पशुपति चौधरी (सुनसरी), डा राजेन्द्रप्रसाद साह (पर्सा), डा गौरीशङ्कर साह (सुनसरी), डा विद्यानाथ यादव (सप्तरी) डा रोहितप्रसाद यादव (रौतहट), डा अङ्कुरप्रसाद साह (धनुषा) र डा सुधीरकुमार सिंह (महोत्तरी)ले आवेदन दिनुभएको जनाइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार