दक्षिणपूर्वी गाजामा इजरायली हमला हुँदा २१ जनाको मृत्यु

उज्यालो प्रतिनिधि २ चैत्र २०८०, शुक्रबार विश्व

गाजा । गाजा सहरमा सहायताको प्रतीक्षामा रहेका विस्थापित प्यालेस्टिनी भेला भएको स्थानमा इजरायलले गरेको आक्रमणमा कम्तिमा २१ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।उक्त घटनामा १५० जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्यालेस्टिनीहरूको एउटा समूह सहयोग प्राप्त गर्न भेला भएको स्थानमा हेलिकप्टरबाट मेसिन गनद्वारा आक्रमण भएको स्थानीयले बताएका छन् ।घटनास्थलको अवस्था चुनौतिपूर्ण भएपनि मृतकलाई उद्धार गर्ने र घाइतेलाई निकाल्ने प्रयास जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

घाइतेमध्ये केही गम्भीर अवस्थामा रहेका कारण मृतकको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ । इजरायली प्रतिरक्षा बल (आईडीएफ) ले शुक्रबार दक्षिणी गाजामा प्यालेस्टिनीहरूलाई लक्षित गरी आफ्नो सेनाले सशस्त्र कारबाही गरेको भन्ने समाचारको खण्डन गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार