-दिपक बि क
रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ०५ कुवालिगाँउमा गत बुधबार मरणको तेह्रौं पुण्य तिथिमा दलित र,गैरदलितबिच सामुहिक खानाको मेचसंचालन गरिएको छ।
नेपाली काङ्ग्रेसका जिल्ला सदस्य घनस्याम पुन (माओवादी केन्द्र ) निवर्तमान अध्यक्ष नमराज थापा,वर्तमान अध्यक्ष मणि थापा,दोर्ण बहादुर थापा (बिजय) मिडियाबाट उज्यालो नेटवर्क रोल्पाका प्रतिनिधि दिपक बि क (संघर्ष ) साथै युवा शिक्षक बसन्त सुनार,लालिगुरास आमा समुहका अध्यक्ष सरिता राणाको होलटिम उक्त गाउँ टोलका युवा बुद्धिजीवी विभिन्न राजनीतिक दलका अगुवा कार्यकर्ताहरु लगायतको उपस्थितिमा भान्सा संचालन भएको थियो।
अन्तमा मृतक गोठी सुनारको सम्झनामा स्थानीय लालिगुरास आमा समुह लाई तिनभाइ छोराहरु द्वारा चारहजार रुपैयाँ नगत र,केहि थान स्तिलका प्लेट दान गरेका छन्,छोराहरु जेठो आजिराम सुनार,माहिलो अमृत सुनार,कान्छो नेपाल प्रहरीमा कार्यरत बेगम सुनार,छोरिहरु निमा सुनार, देबु सुनार, कमल सुनार,सान्ता सुनार रहेका छन्।
उक्त कार्य प्रती सबै खुसी हुँदै आपसमा खाना भोजन गरि छुवाछूत जस्तो अत्यन्त घृणित प्रथा जस्तै रहेको प्रथाको सबै मिलेर अन्त्य गरिएको बारे उज्यालो नेटवर्कलाई उपस्थित सबैले बताए।