पीएनजीले दियो नेपाललाई १७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य

उज्यालो प्रतिनिधि ३० फाल्गुन २०८०, बुधबार खेल

काठमाडौँ । काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) ले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ ।टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७१ रन बनाएको हो ।

पीएनजीका लागि ओपनर ब्याट्सम्यान टोनी उराले ६१ रनको योगदान गरेका थिए । तल्लो क्रमका ब्याट्सम्यान एली नाओले पनि अविजित ३० रन बनाए । पीएनजीले अतिरिक्त रूपमा १३ रन पायो ।नेपाली टोलीका बलर कुशल भुर्तेल र आकाश चन्दले तीन–तीन विकेट लिए । कुशलले चार ओभरमा २४ रन र आकाशले चार ओभरमा ४१ रन खर्चिए । करण केसी र गुलसन झाले पनि एक–एक विकेट हात पारे ।
पीएनजीको पहिलो विकेट करण केसीले लिएका थिए । करणले पहिलो ओभरको दोस्रो बलमै पीएनजीका ओपनर ब्याट्सम्यान सेसे बउलाई आकाश चन्दद्वारा क्याच गराएका थिए । सेसे बउ आउट हुँदा पीएनजीले केवल एक रन बनाएको थियो ।

पीएनजीको दोस्रो विकेट आकाश चन्दले लिएका थिए । आकाशले पीएनजीका कप्तान असाद भालालाई विनोद भण्डारीद्वारा क्याच गराएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान असाद भालाले पेभेलियन फर्किनुअघि पाँच बलमा दुई रन बनाएका थिए । १।४ ओभरमा उनी आउट हुँदा पीएनजीले १४ रन बनाएको थियो ।

पीएनजीको तेस्रो विकेट आकाश चन्दले लिएका थिए । उनले व्यक्तिगत रूपमा लिएको यो दोस्रो विकेट थियो । आकाशले पीएनजीका चौथो नम्बरका ब्याट्सम्यान लेगा सिआकालाई दुई रनको व्यक्तिगत स्कोरमा करण केसीद्वारा क्याच गराएका थिए । ३।१ ओभरमा लेगा आउट हुँदा पीएनजीले २० रन बनाएको थियो ।

पीएनजीको चौथो विकेट गुलसन झाले लिएका थिए । गुलसनले पीएनजीका प्रभावशाली ब्याट्सम्यान हिरी हिरीलाई लोकेश बमद्वारा क्याच गराएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका हिरी हिरीले पेभेलियन फर्किनुअघि नौ बलमा एक छक्का र दुई चौकाको मद्दतले १५ रन बनाएका थिए । ५।२ ओभरमा हिरी हिरी आउट हुँदा पीएनजीले ४३ रन जोडेको थियो ।पीएनजीको पाँचौँ विकेट कुशल भुर्तेलले लिएका थिए । उनले पीएनजीका छैटौँ नम्बरका ब्याट्सम्यान हिला भारेलाई एलबीडब्लूको धरापमा पारेका थिए । पेभेलियन फर्किनुअघि हिलाले २१ बलमा दुई चौकाको मद्दतले १८ रन बनाएका थिए । ११।५ ओभरमा उनी आउट हुँदा पीएनजीले ९१ रन बनाएको थियो ।

पीएनजीको छैटौँ विकेट पनि कुशल भुर्तेलले नै लिएका थिए । कुशल भुर्तेलले पीएनजीका ओपनर ब्याट्सम्यान टोनी उरालाई विवेक यादवद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि टोनीले अर्धशतक बनाएका थिए । उनले केवल ३७ बलको सामना गरी चार छक्का र पाँच चौका पनि हिर्काएका थिए । १३।४ ओभरमा उनी आउट हुँदा पीएनजीले एक सय १३ रन बनाएको थियो ।पीएनजीको सातौँ विकेट पनि कुशल भुर्तेलले नै लिएका थिए । कुशलले पीएनजीका आठौँ नम्बरका ब्याट्सम्यान किपलिन दोरिगालाई लोकेश बमद्वारा क्याच गराएका थिए । कुशल भुर्तेलले लिएको यो तेस्रो विकेट थियो ।

विकेटकिपर ब्याट्सम्यान दोरिगाले पेभेलियन फर्किनुअघि १४ बलको सामना गरी एक छक्का र एक चौकाको मद्दतले १४ रन बनाएका थिए । १७।४ ओभरमा दोरिगा आउट हुँदा पीएनजीले एक सय ३७ रन बनाएको थियो ।पीएनजीको आठौँ विकेट आकाश चन्दले लिएका थिए । आकाशले पीएनजीका ब्याट्सम्यान चाड सोपरलाई १३ रनको ब्यक्तिग स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । आकाश चन्दले लिएको यो तेस्रो विकेट थियो । १८.५ ओभरमा चाड सोपर आउट हुँदा पीएनजीले एक सय ५४ रन बनाएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार