विश्वासको मतका लागि प्रधानमन्त्री दाहालद्वारा संसद्मा प्रस्ताव पेस

उज्यालो प्रतिनिधि ३० फाल्गुन २०८०, बुधबार उज्यालो फोकस

काठमाडौँ   ।   नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा, १०० को उपधारा (२)बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिने आग्रह गर्दै सो प्रस्ताव पेस गरेका हुन्  । उनको सम्बोधनपछि अन्य पार्टीका शीर्ष नेताहरुले बैठकलाई दलीय आधारमा संसद्मा धारणा राखिरहनुभएको छ । प्रधानमन्त्री दाहालले सत्तागठबन्धन परिवर्तन गरेपछि र सरकारलाई समर्थन गरेको दल नेपाली कांग्रेसले यसअघि उनीलाई दिएको समर्थन फिर्ता गरेपछि आज संसद्बाट विश्वासको मत लिनुपरेको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार