देउखुरी । नेकपा (माओवादी केन्द्र) निकट सहकारी केन्द्र नेपालको लुम्बिनी प्रदेश कमिटीको बैठक लमहीमा सम्पन्न भएको छ । जेष्ठ सदस्य कमला थापाको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालको प्रमुख अतिथिमा सम्पन्न बैठकले हरिप्रसाद चालिसेको अध्यक्षता सात सदस्यीय चयन गरिएको छ । जसको उपाध्यक्ष प्रकाश वैद्य, उपाध्यक्ष मोतिलाल ढकाल, सचिव विश्वप्रकाश अधिकारी, कोषाध्यक्ष लालु राना, सह–सचिव कृष्ण भुषाललाई चयन गरेको हो । साथै बैठकले सल्लाहकारमा टिकाराम पोख्रेल, दोर्ण भुषाल, चित्रप्रसाद खनाल, जानुका घर्ती मगर, पुष्पराज शर्मालाई चयन गरेको हो ।
जेष्ठ सदस्य कमला थापाको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश उपाध्यक्ष लुमाकान्त सागर (न्यौपाने)सचिव कृष्ण अधिकारी (प्रकाश) कार्यालय मुख्य सचिव यग्य पोख्रेल, कार्यालय सदस्य लक्ष्मी चौधरी, सहकारी केन्द्रका वरिष्ठ उपाध्यक्ष रविन्द्र केसि, सहकारी संघ लुम्बिनी प्रदेश इञ्चार्ज लक्ष्मी शर्मा लगायतले बोल्नु भएको थियो ।
त्यसैगरी बैठकले चैत मसान्तसम्म जिल्ला सम्मेलन सम्पन्न गर्न गुल्मी, र पाल्पामा कृष्णाप्रसाद भुषाल, बाँके र बर्दियामा हरिप्रसाद चालिसे, रोल्पा र प्युठानमा प्रकाश पोख्रेल, दाङ र पूर्वी रूकुममा विश्वप्रकाश अधिकारी, कपिलवस्तु, नवलपरासी र रूपन्देहीमा मोतिलाल ढकाल र अर्घाखाँचीमा लालु रानालाई संयोजक तोकेको हो । कार्यक्रममा कृष्ण अधिकारी विषय प्रवेश गराउनु भएको थियो भने कार्यक्रमको सहजिकरण सहकारी संघ लुम्बिनी प्रदेश इञ्चार्ज लक्ष्मी शर्माले गरेका थिए।