नयाँ व्यवस्थापनका साथ ‘नारायणी होटल’सञ्चालनमा

शिवु खनाल २९ फाल्गुन २०८०, मंगलवार समाचार

देउखुरी । गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबासमा नयाँ व्यवस्थापन सहित नारायणी होटल रेष्टुरेन्ट एण्ड लज तथा हेवेन संचालनमा ल्याइएको छ । पर्यटकको केन्द्र बिन्दु मानिएको कोइलाबास नाकामा नयाँ होटल थप्ने क्रमसंगै नयाँ होटल संचालनमा आएको छ । भारत–नेपालको मुटु मानिने कोइलाबासमा युवा उद्यमीहरुले नयाँ व्यवस्थापन सहित नारायणी होटल रेष्टुरेन्ट एण्ड लज तथा हेवेन संचालनमा ल्याएका हुन् । होटलमा स्पा एण्ड थेरापी सहितको सेवा शुभारम्भ गरिएको हो ।

विगत वर्षदेखि भारतसंग सीमा जोडिएको दाङको कोइलबास नाका स्थित सञ्चालित उक्त होटल थप सेवा सुविधा सहित नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको संचालक भुपेन्द्र भुषालले जानकारी दिए । होटलको एक कार्यक्रमका बिच गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष खालिक सिद्दिकिले उद्घाटन गरेका हुन् ।नेपालीहरुका लागि अयोध्या, पाटन मन्दिर, र भारतीय पर्यटकहरुका लागि स्वर्गद्धारी, बगार बाबा धार्मिक विकास क्षेत्र रिहार धाम आउजाउ गर्ने पर्यटकलाई लक्षित गरि होटल क्षेत्रमा अनुभव बटुलेका फाइब स्टार बिचनेश ग्रुपद्धारा लगानीमा थप सेवा सुविधा सहित नारायणी होटल रेष्टुरेन्ट एण्ड लज तथा हेवेन सञ्चालनमा ल्याएका हुन् ।

करिब पचाँस लाखको लगानीमा संचालनमा आएको उक्त होटलमा सुविधासम्पन्न एसी ननएसी गरी ५ वटा कोठा, बैठक हल निर्माण गर्ने तयारीमा रहेको र २० जना अट्ने क्षमताको विभिन्न स्वादमा खाना सहितको फेमिली रेष्टुरेन्टको व्यवस्था रहेको होटलका सञ्चालक भुपेन्द्र भुषाले बताए । उनले भने,– ‘हामी दक्ष र अनुभबी कर्मचारी बाट ग्राहकलाई सुबिधा दिन तयार छौ । होटलमा पार्किङको प्रयाप्त सुबिधा भएकोले पनि धेरै भन्दा धेरै ग्राहक कोइलाबासको बसाइमा नारायणी होटल रोज्ने गरिएको छ । हामी थप सेबा बिस्तार गर्दै ग्राहकलाई पूर्ण सन्तुष्टी दिन चाहन्छौ ।’

‘दाङ जिल्ला सहित देउखुरी क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग हुने उद्देश्यले होटलमा आउने आन्तरिक र बाह्य पर्यटकहरुलाई उच्चस्तरीय सेवा सुविधा प्रदान गर्नुका साथै न्युनतम एक हजार देखि २५ सय सम्मको रुम व्यवस्था गरिएको छ, सञ्चालक भुषालले भन्नुभयो । होटल सञ्चालनको सुरुवातीमा नै केही युवाहरुलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको उनले बताए। नयाँ व्यवस्थापन पश्चात् नारायणी होटल संचालनमा आएपछि स्वदेशी तथा विदेशी पाउनाहरुलाई सहज एवम् बास बस्न सजिलो हुने विश्वास गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार