काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य प्रतितोला १० रुपियाँ बढेको छ । सोमबारको तुलनामा मंगलबार चाँदीमा तोलाको १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १ लाख २६ हजार रुपैयाँ कायम भएको छ।तेजाबी सुन तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँ कायम हुँदा चाँदी तोलाको १ हजार ४८५ रुपैयाँमा कारोबार हुनेछ।