नि : शुल्क उपचारका लागि पशुपतिनाथमा महायज्ञ

उज्यालो प्रतिनिधि २८ फाल्गुन २०८०, सोमबार समाचार

काठमाडौँ। पशुपतिनाथ मन्दिर परिसरमा आगामी चैत १ गतेदेखि ७ गतेसम्म महायज्ञ हुने भएको छ । पैसाका कारण उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो ।

आज पाशुपत क्षेत्रमा आजोजित अन्तरक्रियामा युथ फर नेशनको आयोजना तथा अन्य सङ्घ संस्थाको सहकार्यमा महायज्ञ गर्न लागिएको महायज्ञ संयोजक डा निकोलस भुसालले जानकारी दिए ।

चैतन्य कृष्ण महाराजद्वारा महायज्ञमा कथा वाचन गरिने बताइएको छ । घर–घरमा ज्ञान, ध्यान र योग पुर्‍याइ युवालाई राष्ट्र निर्माणमा सक्षम बनाउने योजना रहेको महायज्ञ सहसंयोजक सरोजराज श्रेष्ठको भनाइ छ ।

महायज्ञमा करिब एक लाख भक्तजन उपस्थित हुने अनुमान गरिएको छ । महायज्ञ आयोजनाका लागि विभिन्न समिति, उपसमिति गठन गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार