देउखुरी । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले जैविक विविधता, समृद्ध जलाधार, विविधताले भरिएको वनको श्रोत मूलतः उद्यमशील हुने वनक्षेत्र मुलुकको सोच रहनु पर्ने बताए । उनले यसैबाट रोजगारी सिर्जना लगायत जीविकोपार्जनको सोच राम्रो हुने बताएका हुन् । दिगो वन व्यवस्थापन, वन क्षेत्रको उत्पादन र उत्पादकत्व अभिबृद्धि विविधता र श्रोत संरक्षणबाट हुने लाभको प्राप्ति, जलवायु परिवर्तनको नकारात्मक प्रभाव न्यूनीकरण, विपद् जोखिमलाई क्रमशः घटाउदै जाने जल एवं जलश्रोतको बृद्धि, भूमिको संरक्षण, भूमिबाट उत्पादन र उत्पादकत्व बृद्धि एवं जलाधार संरक्षण समुचित व्यवस्थापन हाम्रो लमही नगरपालिकाको मूलभूत उद्देश्य रहेको उनले बताए । शनिवार अजम्मरी सामुदायिक वन उपभोक्ता समूहको १७ औँ वार्षिक साधारण सभा कार्यक्रममा बोल्दै उहाँले हरित वस्तुको उत्पादन र त्यसको माग राष्ट्र भित्र र वाहिर बढेको भन्दै, व्यवसाय संचालन हुँदा रोजगारी बृद्धि, आय आर्जन राष्ट्रिय सम्पत्ति बृद्धि, वन उद्यमशीलता बढ्नु पनि यस क्षेत्रको अवसर रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले विगतको तुलनामा वनक्षेत्रले ओगटेको भूभाग बढदै जानु, शहरीकरण बढ्दै जानाले वनको वैज्ञानिक र दिगो व्यवस्थापन भए काष्ठ, गैर काष्ठ र मानव निर्मिति उत्सर्जित कार्वनको प्रयोग हुनु त्यसबाट लाभ बढ्नु, जलवायु परिवर्तनको दरलाई न्यूनीकरण गर्न सजिलो हुनु, वन र वन एवंं जैविक विविधता संरक्षणबाट आन्तरिक र वाह्य पर्यटन क्षेत्र संस्थागत र विकास हुन सक्नु भूक्षय नियन्त्रण हुनु र अन्ततः कृषि सेवामा टेवा मिल्न जानाले कृषि उपजको बृद्धि हुन सक्नु अर्को अवसर रहेको बताए । कार्यक्रममा लमही नगरपालिका नगर उपप्रमुख लक्ष्मी योगीले मुलुकको दिगो विकासको लागि पर्याप्त आधार श्रोत रहेको बताए । उनले वन क्षेत्रको महत्वपूर्ण योगदान हिजो पनि थियो, आज त छदैछ र भोलि पनि रहने छ भन्दै, वन क्षेत्रबाटै मुलुको आय आर्जन, रोजगारी सिर्जना, आधारभूत आवश्यकताका क्षेत्र परिपूर्ति हुन हुन सक्ने बताए।
काठ, दाउरा, घाँसपात मात्र होइन गैर काष्ठ, जडीबुटी वन पैदावारका आपूर्ति संभावना धैरै भएकाले कृषि, पशुपालन, सिंचाई पर्यटन धेरै क्षेत्र यसबाट लाभान्वित हुने अवस्था रहेको उहाँल्े बताए । उनले भने,–। ‘त्यसैले वनक्षेत्र मुलुककै राष्ट्रिय प्राथमिकताको विषय रहेको छ र रहनुपर्छ पनि । मुलुकले अवलम्वन गरेको समुदायका आधारित वन एवं संरक्षित क्षेत्र व्यवस्थापन उदाहरणीय देखिएको छ जसमा सामुदायक वन छ, अजम्मरी सामुदायिक वन छ ।’ कार्यक्रममा देउखुरी डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका प्रमुख राजु क्षेत्रीले हरियो वन नेपालको धन विगतदेखिकै हाम्रो उद्देश्य अवसर हुँदा हुँदै पनि वनक्षेत्र सुधार र सुदृढीकरणका धेरै चुनौतिहरु रहेको बताए । उचित संरक्षणको अभाव, तल्लो तटीय क्षेत्रमा परेको नकारात्मक प्रभाव, सक्रमणकालिन राजनैतिक परिवेशले गर्दा वन संरक्षणमा उदासीनता, कटानी, फडानी, चोरी निकासीको बृद्धि, भूकम्पीय प्रभाव नोक्सानी पूर्तिमा वनको प्रयोग हुनु, पिडितहरुको आवश्यकतामा बैकल्पिक हुन नसक्नु, चुरे क्षेत्रको कमजोर माटो बनोट, अव्यवस्थित बसोबास, दोहन, वन अतिक्रमण र वन डढेलोको चाप बढ्दै गएको उनले बताए ।
उहाँले द्वन्द व्यवस्थापन गर्न नसक्नु, वन फडानीबाट हुने जल वायु परिवर्तन न्यूनीकरण गर्न नसक्नु, विपद जोखिम न्यूनीकरण गर्न नसक्ता भौतिक र मानवीय पक्ष नोक्सान हुनु वन क्षेत्राट प्राप्त हुने लाभ र सेवालाई न्यायोचित वितरण हुन नसक्नु सरोकारवालाहरुसंग सहकार्य गरी काठ दाउरा, घाँस ,स्याउला , पतकर ,चरण जुन न्यूनतम आवश्यकता विषय छन् तिनको व्यवस्थापन हुन नसक्नु अन्तर्राष्ट्रियस्तरमा गरिएका सन्धि सम्झौता प्रतिवद्धता अनुरुप कानून, नीति, नियम कार्यक्रमहरु दिगो र स्पष्ट हुन नसक्नु यस क्षेत्रका चुनौतिहरु रहेको बताए ।
अजम्मरी सामुदायिक वन उभोक्ता समूहको १७ आँै वार्षिक साधारसभा शनिवार सम्पन्न भएको । लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालको अध्यक्षता एवम् लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका प्रमुख डिभिजनल वन अधिकृत राजु क्षेत्रीको विशिष्ट अतिथिमा सम्पन्न कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदी(सागर), लुम्बिनी प्रदेश नेपाल पत्रकार महासंघका उपाध्यक्ष चुमा आचार्य, ने।क।पा। एमाले लमही नगर कमिटि अध्यक्ष डण्डीराम चौधरी, ने।क।पा। (माओवादीक केन्द्र)लमही नगर कमिटि अध्यक्ष डिलकुमार श्रेष्ठ, राष्ट्रिय जनमोर्चा नेपाल लमही नगर कमिटिका अध्यक्ष हरिबहादुर थापा, देउखुरी बहुमुखि क्याम्पसका अध्यक्ष लालविर खड्का, नर्ती समन्वय समिति लमहीका सचिव शुसिला शर्मा, लमही नगरस्तरीय वन महासंघका अध्यक्ष पूर्णबहादुर बस्नेत, रोटरी क्लव अफ लमहीका अध्यक्ष केशव घिमिरे, लमही रेडक्रस सोसाईटी उप–शाखा लमहीका उप–सभापती सतिष गौतम, लमही बजार टोल विकास संस्थाका सचिव शसिराम नेपाली, चप्परखोला प्रगतिशिल सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष सनम नेपाली, कर्री सामुदायिक वन उपभोक्ता समूहका कोषध्यक्ष श्यामसुङ्ग गिरी, लगायतले बोल्नु भएको थियो ।
अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रवि श्रेष्ठको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका सचिव गोमा भण्डारी र सदस्य सुदन केसीले संयुक्त रुपमा संचालन गर्नु भएको हो । कार्यक्रममा वार्षिक प्रगती प्रतिवेदन अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका सचिव गोमा भण्डारी, आर्थिक प्रतिवेदन कोषध्यक्ष तेजबहादुर विकले प्रस्तुत गरेका हुन् ।
पत्रकार गजमेर सहित सातजना सम्मानित
अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले लमही नगरपालिकाका प्रेस सल्लाहाकार प्रिया स्मृती गजमेर सहित साजनालाई सम्मान गरेको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले संचालन गर्दै आएको जैविक विविधता ग्रीनपार्कका लागि पत्रकारिताका माध्यमबाट योगदान पु¥याएको भन्दै वनको १७ औँ वार्षिक साधारणसभाबाट नगद सहित प्रमाणपत्रले सम्मानित हुनु भएको हो । यस्तै विभिन्न विधाबाट सहयोग पु¥याएको भन्दै नेपाल औषधी व्यवसायी संघ दाङका अध्यक्ष विष्णु प्रसाद पौडेल, गोरखा मोर्डन सेकेण्डरी स्कुलका उपाध्यक्ष डोरबहादुर जिसी, रोटरी क्लव अफ लमहीका अध्यक्ष केशव घिमिरे, ग्रीन फाउण्डेशन नेपाल कलष्टर परियोजनाका प्राविधिक मनिता खनाल, जैविक विविधा निर्माणमा सहयोग पुराएकोमा तेजप्रसाद शर्मा, देउखुरी मोबाइल व्यवसायी संघ लमहीलाई लमही नगरपालिका नगर प्रमुखबाट दोसल्ला ओढाइ प्रमाणपत्र सहितले सम्मानित गरिएको हो ।