बबिनाको संगीतमा बैकुण्ठले गाए जय जय शम्भु (भिडियो सहित)

उज्यालो प्रतिनिधि २५ फाल्गुन २०८०, शुक्रबार कला मनाेरञ्जन

काठमाडौं । महाशिवरात्रि हिन्दुहरुको एक प्रमुख चाड हो । विश्वमा हिन्दुहरुले मनाउने यस पर्वमा नेपालमा भगवान पशुपतिनाथ मन्दिरमा भव्यताका साथ मनाइँदै आएको छ । मूलतः नवरात्रमा चार महारात्रि मुख्य रुपमा मनाइन्छ, त्यस्तै गरी महाशिवरात्रि आदि अनादि कालदेखि मुख्य रुपमा मनाइँदै आइएको छ ।विशेषगरी महाशिवरात्रिलाई भगवान शिवजी उत्पत्ति भएको दिनको रुपमा मनाइदै आएकोले यस दिन शिवपूजा, आराधना गर्ने, उपवास बस्ने, जलधारा दिने र रात्रिमा दियो बाली धुनी तापी जाग्राम बस्ने गर्नाले शिवजी खुसी हुने किम्बदन्ती छ ।

आदि अन्त्य नभएका, जन्मनु, मर्नु नपर्ने, देवताका पनि देवता, तीन मूर्तिका एक मुर्ते भएका कहिले व्रम्हा, विष्णु, महेश्वर भैरहने, समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष घाँटीमा राखी निलकण्ठ भैरहेका, योगमाया भगवतीका प्रिय हुनुभएका प्रभुको यसै शिवरात्रिका दिन गाईको दुधको जलधारा दिनाले, पूजाआजा गर्नाले, उपबास बस्नाले, उस लोकमा सुख शान्ति पाई परलोकमा कैलाशपद मिल्ने हुनाले अन्य दिन भन्दा महाशिवरात्रि विशेष मानिन्छ ।

शिवरात्रिमा वालिएको धुनी तापेमा कुनै रोग लाग्दैन, धुनीको विभूति लगाएर हिडेमा कुनै किसिमको भय हुँदैन, धुनीको विभूति घरमा लगी राखेमा कुनै बिघ्नबाधा आई पर्दैन, कुनै किसिमका भूतप्रेत पिचास आदिको भय हुँदैन । महाशिवरात्रिका दिन शिव आरती तापेमा आँखा तेजिलो हुनुका साथै अनुहारमा कान्ति आउँछ भन्ने विश्वास गरिन्छ ।यदि शिवभक्त भै सांसारिक लोभ मोह त्यागेर सदा प्रभुको भक्तिमा चित्त लगाउन सके मोक्ष गति प्राप्त भै जन्मन मर्न नपर्ने गरी सिधै कैलाश पद मिल्छ । त्यस कारण यसै दिनदेखि शिव बस्त्र, माला धारण गरी, भष्म लेपन गरेर सन्यासी बन्नेहरु पनि धेरै हुन्छन् ।

पशुपतिनाथ भन्दा पशुका पनि पति भन्ने गरिन्छ । यो सारा पृथ्वी चराचर जगतका भोक्ता, हर्ताकर्ता उनै परमेश्वर हुनुहुन्छ । पृथ्वीका सम्पूर्ण प्राणीका मालिक एक रुपले तीन रुप भैरहने श्रृष्टिकर्ता, लालन पालनकर्ता, संभारकर्ता आफै हुनुभएका प्रभु कहिले पशु मृर्ग बनी वन बिहार गर्ने, कहिले राजहंस पंछी बनी जलकिडा गर्ने, कहिले किराँत बनि हिड्ने, उनै प्रभुको शिवलिङ्ग(हालको पशुपतिनाथ मन्दिरमा अवस्थित) मन्दिर स्थानमा गौमाताले आफनो दुधले जलधारा दिंदै गर्दा भेटिएको हुनाले पशुपतिनाथ शिवलिङ्ग महत्वपूर्ण मानिन्छ ।

नेपाली हिन्दुहरुका आरध्यदेव भगवान श्री पशुपतिनाथ भएकोले पनि पशुपतिको विशेष महत्व देखिन्छ । पशुपतिनाथको पूजा आरधानाले र प्रहर पूजा, जलधारा दिनाले कुनै भक्तको भलो मात्रै नभै जगतकै भलो हुने, देशको रक्षा हुने हुनाले पशुपतिमा शिवरात्रीमा विशेष रुपले पूजाआजा गरी दर्शन गर्ने, गाईको दूध चढाउने, भेटी फूलपत्र नैबेद्य चढाउने, आरती गर्ने गरिन्छ ।विशेष गरी शिवजीलाई बेलपत्र मन पर्ने हुनाले शिवरात्री लगायत अन्य शिवपूजामा यो मन्त्र उच्चारण गरी (त्रिगुणम त्रिगुण आकाराम, बेल्प पत्र शिवा अर्पणम्) बिल्प पत्र भेट्नो अलिकति काटेर तीन पत्र एक साथ भएको एउटै पत्र घोप्टो पारी चढाइन्छ ।

देवादिदेव भगवान महादेवका यिनै महत्व सहितको अत्यन्त श्रवणीय भजनमा आफ्नो मधुर संगीत दिएकी छिन् बबिना भट्टराईले भने स्वर दिएका छन् बैकुण्ठ प्रधानले, उक्त भजनमा शिव महिमाका शब्दहरु लेखेका हुन् दिनेश खनालले । महाशिवरात्रि पर्वको विशेष अवसरमा वीणा भक्ति आध्यात्मिक युट्वु च्यानल मार्फत सार्जजानिक भएको उक्त भजनमा ऐरेन्ज रहेको छ रुविन कुमार श्रेष्ठको ।

म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको उक्त सुमधुर भजनको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका छन् । महाशिवरात्रिको सन्दर्भ विशेषमा आएको शिव भजन जय जय शम्भु नेपाली भजनप्रेमीहरुले मन पराउने विश्वास लिएको गायक बैकुण्ड प्रधानले बताएका छन् ।भगवानप्रति पूर्ण आस्था र विश्वास राख्ने गायिका तथा संगीतकार बबिना भट्टराईका स्वर तथा संगीतमा भगवान श्री कृष्ण, भगवान श्री राम, भगवान महादेव लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्वु च्यानलमा संग्रहित रहेका छन् ।

नेपाली सुगम संगीतमा पनि उनले धेरै गीत, गजलहरुमा आफ्नो सुमधुर स्वर दिएकी छिन् । गायन र संगीत मार्फत धर्म, अध्यात्म र भक्तिमा बबिना भट्टराईले दिएकी योगदान विशेष प्रशंसनीय रहेको छ । आगामी दिनहरुमा पनि भजनद्वारा भगवानको भक्तिभाव र गुणगानलाई निरन्तरता दिई समाजमा अध्यात्म स्थापित गर्न प्रयास गर्ने उनी बताउँछिन् ।

जय जय शम्भु हेर्नुहोस् सुन्नुस् भजन  !

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार