सीप लिएर स्वरोजगार बन्ने लक्ष्यले स्वदेश फर्के

शिवु खनाल २१ फाल्गुन २०८०, सोमबार समाचार

देउखुरी  ।  लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी विकास थापा रोजगारीका लागि करिब ३ बर्ष वैदेशिक रोजगारीका लागि खाडि मुलुक बस्नुभयो । सामान्य लेवरमा गएका उनिलाई खासै उपलब्धी हुन सकेन । कमाउनुको साटो उल्टै दुख पाएको उनले सुनाए । आफ्नै कम्पनीमा सीप सिकेर सँगै गएका साथीहरुले मनग्य कमाउदा उनिलाई हिन्ताबोध हुन्थ्यो ।

 

थापाको मनमा एउटै कुरा उब्जिन्थ्यो आम्दानी गर्न सीप सिक्नुपर्ने रहेछ । सीप नभएर नै खाडीमा दुख पाएको उनले बताए । खाडीमा सोचेजस्तो नभई हन्टर खाएर उनले स्वदेश फर्किए । पढाइ मात्र नभएर सिप आजको आवश्यक भन्ने बुझ्नुभएको थापा केही सीप सिकेर आत्मनिर्भर बन्नुपर्ने उनले सोच बोक्नुभएको छ । युवालाई स्वरोजगार बनाउन लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यसाथ तालिम सञ्चालन गर्दै आएको हो ।

 

आफ्नै ठाउँमा सीपमूलक तालिम लिन पाउँदा लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी विकास थापा खुसी हुनु भएको छ । सीप लिन धेरै खर्च गरेर विभिन्न ठाउँमा जानुपर्ने बाध्यात्मक अवस्थामा आफ्नो ठाउँमा घरको खाना खाएर सीप सिक्न पाएकामा सहज भएको बताए । लामो समय विदेशमा बिताएको भए पनि सीपका कारण राम्रो आम्दानी गर्न नसकेको उनको भनाइ छ ।

 

पैसा कमाउने लक्ष्यले विदेश गएँ, उनले भने,–। ‘सीपका कारण राम्रो आम्दानी गर्न सकिनँ, सीप लिएर स्वरोजगार बन्ने लक्ष्यले स्वदेश फर्केँ । अहिले स्थानीय तहको पहलमा सीप लिन पाएको छु । आफ्नै ठाउँमा निःशुल्क सीप लिन पाउँदा खुसी लागेको छ ।’ सिकेको सीपलाई सदुपयोग गर्ने गरी आउँदा दिनमा स्वरोगार बन्ने लक्ष्य रहेको उनले बताए । उनले सीप सिक्न बाहिरको सहर जानुपर्ने अवस्थामा आफ्नै ठाउँमा स्थानीय तहको लगानीमा सीप लिन पाउँदा सहजता भएको बताए । घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङले लमहीमा आयोजना गरेको पलम्बिङ तथा हाउस वायरिङ तालिममा उनले सहभागी हुनुभयो । उनि सीप सिकेर आत्म निर्भर बन्न चाहानुहुन्छ । उनिजस्तै ब्याच्लर अध्ययन गरिरहनु भएका लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी टेकेन्द्र वलीपनि सीप सिकेर स्वरोजगार बन्न चाहानुहुन्छ । पढाईले मात्र स्वोरोजगार बन्न नसक्ने बुझ्नु भएका उहाँले सिप आजको आवश्यक रहेको बताए।

 

कतै रोजगारका लागि जाँदा पहिलो प्राथामिकता सीप खोज्ने र त्यसको लागि सीप सिक्न आफुपनि सहभागी भएको बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङले लमहीको वडा नम्बर ७ को कार्यालयमा ढाई महिने तालिमको शुरुवात गरेको हो । ७ नम्बर वडा कार्यालयको समन्वयमा सञ्चालित तालिममा जिल्लाका २५ जना प्रशिक्षार्थी सहभागी छन् । कार्यक्रमलाई उद्घाटन गर्दै लमही नगरपालिकाका प्रवक्ता तथा ७ नम्बर वडाका वडाध्यक्ष मोहन गिरीले सीप सिकेकाहरुलाई कामको खोजीको आवश्यक नरहने बताए । उनले युवालाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङको सहकार्यमा ७ नं. वडामा पलम्बिङ तथा हाउस वायरिङ सीपमूलक तालिमको आयोजना गरेको बताए । युवालाई रोजगारसँग जोड्न आवश्यक तालिमसँगै सीप प्रदान गर्दै आएको छ । उनले सीप लिएका युवालाई व्यवसायसँग जोडेर अघि बढ्न बर्सेनि प्रोत्साहनका कार्यक्रम गरिरहेको बताए  । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका गिरीले पुराना सिस्टमबाट पिउने गरेका खानेपानीका योजनाहरु द्रुत गतिमा रहेको र घर निर्माका कामहरु निरन्तर हुने गरेकाले कामको कमि नहुने बताए । समय सापक्ष तालिमको आयोजना गरिदिएर आत्म निर्भर बनाउन तर्फ घरेलु उद्योग लागेको प्रति धन्यबाद ज्ञापन गरे । सीप अनिवार्य छ, उनले भने,–। ‘नेपालमै स्वरोजगार बन्न यसको भुमिका रहन्छ । बिदेशनै जानपरेपनि सिपले योगदान पु¥याउछ । आफुसंग भएको सीप कतै जाँदैन । महेनत गरेर सीप आर्जन गर्नुस ।’
सीप परिक्षण समेत हुनेगरि पास हुने परिक्षार्थीलाई सिटिईभिटि मान्यता प्राप्त प्रमाण पत्र दिईने र जसले कामको बाटो खुल्नुका साथै ट्रेनिङ दिनसक्ने हैसियत रहने घरेलु उद्योग दाङका प्रमुख युवराज न्यौपानेले बताए । घरेलुबाट दिने प्रमाणपत्र त छदैछ, उनले भने,–। ‘परिक्षण गरि सिटिईभिटीको मान्यता प्राप्त प्रमाण पनि दिईनेछ । दाङका युवालाई स्वरोजगार बनाउन तालिमको आयोजना गरिएको हो । सीप सिकेर आम्दानीसँग जोडिनुस् ।’ उहाँले घरेलु उद्योग दाङले तत्काल ३ वटा तालिम सँचालन गरेको र भेगिए हिसाबले जिल्लामा ३ बजारमा संचालन गरिने बताउनुभयो । लमही नगरपालिका वडा नम्बर ७ नम्बरमा पलम्बिङ र हाउस वायरिङ, घोराहीमा ब्युटिसियन र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ मा सिलाईकटाईको आयोजना गरिएको प्रमुख न्यौपानेले बताए । पलम्बिङ तथा हाउस वायरिङको प्रशिक्षकमा गणेश कुमार भण्डारी रहनु भएको छ । वडासदस्य उर्मिला चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सचालन घरेलु उद्योग दाङका कर्मचारी गोपाल पौडेललले गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार