बिजुक्छे भन्छन्, ‘नेपाली काँग्रेसले कि त भागबण्डामा भाग लिनु भएन कि त प्रतिपक्ष भन्नु भएन’

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ आश्विन २०७६, मंगलवार फोटो समाचार

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले साच्चो प्रतिपक्ष भनेको नेमकिपा मात्र भएको भन्दै उनले भागबण्डामा भाग लिने प्रतिपक्ष हुन नसक्ने बताए ।

बिजुक्छे निवास भक्तपुरको कमलविनायकमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दैं बिजुक्छेले संघीय संसद र ३ नम्बर प्रदेशको संसदमा प्रतिपक्ष भनेको नेमकिपा मात्र भएको भन्दै उनले भने, ‘नेपाली काँग्रेसले कि त भागबण्डामा भाग लिनु भएन कि त प्रतिपक्ष भन्नु भएन’

नेपालका नेकपा लगायतका कम्युनिष्ट भन्ने दलहरु कम्युनिष्ट नै नभएको बताउँदै आफुहरुले बिगतदेखि भन्दै आएको र केही दिन अगाडि प्रचण्डले समेत उक्त कुरा सार्वजनिक कार्यक्रम स्वीकार गरेको उनको भनाई छ । ‘बन्दुक बोक्नेनै कम्युनिष्ट हुने भए पृथ्वीनारायण शाह, राणा शासक, काँग्रेस सबै कम्युनिष्ट हुने थिए’ बिजुक्छेले भने ।

नागरिकता विधेयक बारेमा बोल्दै बिजुक्छेले भने, ‘एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिने कुरा राम्रो होइन ।’ बाहिरका मानिसलाई नागरिकता दिँदा धेरै कुरा विचार गरेरमात्र दिनुपर्ने उनको भनाई छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार