देउखुरी । लमही जेसिजले लमही बसपार्कमा ट्राफिक सचेतना कार्यक्रम गरेको हो । सचेतनामा सहभागि भएका चालक र सहचालकहरूको अभिलेखीकरण पनि गर्ने आवश्यक रहेको लमही जेसिजका अध्यक्ष मुकेश चौधरीले बताए । उनले भोलीका दिनमा सचेतना कक्षमा सहभागि भएका चालक र सहचालकहरूले कतिको ट्राफिक नियमको पालना गरे वा गरेन त्यसको हामी निगरानी पनि राख्ने संयन्त्रको विकास गर्न जरुरी रहेको बताए । यसरी सडक शुसाशन र ट्राफिक नियमको बारेमा एक साथ सवारी चालक र सहचालकहरुलाई जानकारी गराउँदा दुर्घटना न्युनिकरण हुने अपेक्षा राखेको उनको भनाई छ । कार्यक्रममा लमही जेसिजका अध्यक्ष मुकेश चौधरीले सवारी दुर्घटनालाई न्युनीकरण गर्ने उद्देश्यले ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरेको बताए।
बुधवार लमही जेसिजका अध्यक्ष मुकेश चौधरीको अध्यक्षता एवम् जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लको प्रमुख अतिथिमा लमहीमा जिल्ला ट्राफिक सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले सुरक्षित सडक प्रयोग, ट्राफिक संकेत, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु र सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ मा रहेको कानुनी ब्यवस्थाहरु सम्बन्धमा सैद्धान्तिक प्रशिक्षण बारे जानकारी गराएका थिए ।
सवारी दुर्घटना न्यूनिकरण गर्दै अकालमै ज्यान गुमाउने परिस्थिति टार्नका लागि ट्राफिक सचेतना कार्यक्तम वृहत् रुपमै सचालन गर्न आवश्यक रहेको स्थानिय समाजसेवि अंकीत खनालले बताए । कार्यक्रममा लमही जेसिजका पूर्व अध्यक्ष उमाकान्त चौधरी, लमही जेसजिका सदस्य रामदिन चौधरी लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण लमही जेसिजका महासचिव सरोज पौडेलले गरेका थिए ।