अन्तर स्थानिय तह स्तरीय सातौँ घुम्ती बैठक देउखुरीमा विमानस्थल निर्माणको अपरिहार्यताबारे फरक बहस

शिवु खनाल १५ फाल्गुन २०८०, मंगलवार समाचार

देउखुरी ।  अन्तर स्थानिय तह स्तरीय घुम्ती बैठकमा देउखुरी क्षेत्रमा विमानस्थलको चर्चा चलेको छ । मंगलवार जिल्ला समन्वय समिति दाङले आयोजना गरेको अन्तर स्थानिय तह स्तरीय घुम्ती बैठकमा यस्तो चर्चा चलेको हो । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा विमानस्थल निर्माणको चर्चा चल्न थालेको लामै समय भइसकेको छ ।

 

देउखुरीमा थुप्रैपटक अध्ययन पनि भएका छन् । तर हालसम्म विमानस्थल निर्माणको योजना अघि बढ्न भने सकेको छैन । निर्माण हुने वा नहुने विषयमा पनि टुँगो लागेको देखिँदैन । पटक–पटक राप्ती गाउँपालिकाको विभिन्न स्थानमा पूर्वसम्भाव्यता अध्ययन गरिए पनि विमानस्थल योजना भने अध्ययनमै सीमित भएको छ । विमानस्थल निर्माण गर्ने योजनासहित राप्ती गाउँपालिका वडा नम्बर ३ भानपुरमा पूर्वसम्भाव्यता अध्ययन गरायो । गढवा गाउँपालिका र राप्ती गाउँपालिका अन्तरगत रहेको दुईसय विघा जग्गा लुम्बिनी प्रदेश राजधानी निर्माणको लागि उपलब्ध गराउने समेत निर्णय भएको थियो । तर उक्त योजना अघि बढ्न भने सकेन, पूर्वसम्भाव्यता अध्ययनमै सीमित हुनपुग्यो ।

 

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भने,–। ‘विमानस्थल बन्ने चर्चा चलेको थियो । उक्त स्थानमा बन्ने भनिएको विमानस्थलको योजना पनि अलपत्र परेको छ । विमानस्थल निर्माणका लागि पटक–पटक चर्चा र अध्ययन हुने गरेको छ ।’ ‘त्यतिबेला गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको छैन । कुन स्थानमा विमानस्थल बनाउन उपयुक्त हुन्छ भनेर प्रतिवेदन सार्वजनिक नभएपछि नागरिकसमेत निराश बनेका छन् ।’ लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा आइसकेपछि विमानस्थलको अवधारणा अघि सारे पनि हालसम्म पनि विमानस्थल बन्ने टुँगो नलाग्नु दुखको कुरा भएको लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले बताए ।
उनले भने,–। ‘पटक–पटक सम्भाव्यता अध्ययन गरे पनि योजना भने अघि बढ्न सकेको छैन ।

 

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी क्षेत्रमा विमानस्थल बन्न नसक्नुका कुनै निश्चित कारण नै नदेखाइ बारम्बार झारा टार्ने काम मात्र भइरहेको छ ।’ ‘विमानस्थल बनाएर मात्र हुन्न संचालन पूर्व कम्तिमा देशको राजधानी शहरहरु विमानस्थलसँग जोडिनुपर्छ । पर्यटन विकासको लागि डोमेष्टीक विमानस्थल अति आवश्यक हुन्छ । हवाई मार्ग प्रयोग गरेर आउने पर्यटकको संख्या धेरै हुने हुँदा देउखुरीमा सुविधासम्पन्न विमानस्थल अपरिहार्य छ ।’ यता अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले देउखुरी पर्यटन विकाससंग जोडौं र स्थानीयको आम्दानीको ग्यारेन्टी गर्न आवश्यक रहेको बताउनुहुदैँ, विमानस्थलका लागि स्थानिय तहले ल्याउन सक्ने बजेट अझ भनौं एयरपोर्ट बनाउने बहानामा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न खर्च गर्ने स्थानियह तहको बजेट नागरीकको जिवनस्तर सुधारमा खर्च गर्न सुझाव दिए ।उनले भने,–। ‘स्वरोजगार र आत्मनिर्भर बनाएर देउखुरीबासीहरुको आर्थिक अवस्था सुधार गर्न खर्च गर्नुहोस् । त्यसपछि मात्र नागरीक हवाईजहाज चढ्ने हैसियतमा पुग्न सक्छन् । नभए जहाँ विमानस्थल बनाए पनि जति जहाज उडाए पनि त्यसको उपयोग तपाईले नै गर्ने हो । त्यहाँ नागरीकको पहँुच पुग्दैन ।’देउखुरीमा यातायातको छिटो र छरितो हवाइ सेवाको सञ्चालन हुन नसक्दा पर्यटकीय स्थल बगार बाबा धार्मिक विकास क्षेत्र रिहार धाम, बागनाथ बाबा जंगलकुटी, जखेराताल, जैविक विविधता ग्रीनपार्क, देविकोट, सुनपत्री झरना, कोइलाबास नाका लगायतका स्थलमा पर्यटकहरूलाई आवतजावतमा समस्या हुने गरेको छ । देउखुरीबासीले समग्र देउखुरीको विकासका लागि विमानस्थल बनाउन दलहरूलाई दबाब दिँदै आएका छन् । जिल्ला समन्वय समितिका अध्यक्ष नित्यानन्द शर्माको अध्यक्षमा बसेको बैठकमा दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी, जिल्ला सुरक्षा समिति, दाङ जिल्ला दशवटा स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरुको संयुक्त सहभागितामा साताँै अन्तर स्थानिय तह स्तरीय घुम्ती बैठकमा लमही नगरपालिका वडा नम्बर ३ जखेरातालमा सम्पन्न भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार