नामिबियासँग नेपाल २० रनले पराजित

उज्यालो प्रतिनिधि १५ फाल्गुन २०८०, मंगलवार खेल

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा मंगलबार घरेलु टोली नेपाल पराजित भएको छ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।

कीर्तिपुरमा २०७ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदा १८६ रन मात्र जोड्न सक्यो ।
दीपेन्द्रसिंह ऐरीले ४८, कप्तान रोहित पौडेलले ४२, कुशल मल्लले ३२ र सोमपाल कामीले २६ रनको पारी खेले पनि टीमलाई जीतसम्म डोहोर्‍याउन सफल भएनन् ।

यसअघि जान निकोल लोफ्टीले छिटो शतकको कीर्तिमान आफ्नो नाममा लेखाउने क्रममा विस्फोटक शतकीय पारी खेलेका थिए ।३३ बलमा सय रन पूरा गरेका उनी १०१ रनमा आउट भए । नेपालका लागि रोहित पौडेलले २, अविनाश बोहराले १ तथा करण केसीले १ विकेट लिए ।शृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले एकअर्कासँग खेल्नेछन् । यसअघि आईसीसी विश्वकप क्रिकेट लीग टुमा नेपाल ४ मध्ये ३ खेलमा पराजित भएको थियो । नामिबियासँग दुवै खेलमा नेपाल पराजित भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार