गीत-सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण : प्रधानमन्त्री

उज्यालो प्रतिनिधि १५ फाल्गुन २०८०, मंगलवार मुख्य नेटवर्क
काठमाडौँ  ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिएका  योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन्  ।
आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गदै प्रधानमन्त्री दाहालले उनको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे । उनले स्व आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुभचिन्तक, गीत(सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरुबाट आचार्यप्रति श्रद्धाञ्जलि अर्पण चलिरहेको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
भजन शिरोमणि उपाधि पाउनुभएका उनको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो । आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत(सङ्गीत क्षेत्रमै छन्। विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यले चार सयभन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिएका छन् । नेपाली सुगम सङ्गीतमा उनको महत्वपूर्ण योगदान छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार