नेपालमै पहिलोपटक विद्युतीय कार उत्पादन,यस्तो छ फिचर

उज्यालो प्रतिनिधि ७ आश्विन २०७६, मंगलवार प्रविधि

काठमाडाैं । नेपालको पहिलो गाडी उत्पादक कम्पनी हुलास मोटर्सले देशभित्रै पहिलोपटक कार उत्पादन गरी परिक्षण सुरु गरेको हो ।

हुलास मोटर्सले उत्पादन गरेको ‘दा भिन्ची’ ब्राण्डको इलेक्ट्रीक कार दशैंलगत्तै काठमाडौं ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

पाँच जना यात्रुको बस्ने सीट रहेको कारको मूल्य १५ देखि २० लाख भित्रै रहने कम्पनीले जनाएको छ ।

नेपालको मध्यम वर्ग लक्षित गरेर निर्माण गरिएको इलेक्ट्रीक कार निकै सुन्दर कम्प्याक्ट र वातानकुलीत (एसी) को व्यवस्था समेत रहेको छ ।

गियर नभएको उक्त कार प्रतिघन्टा ६५ किलोमिटरको गतिमा चलाउन सकिने र २० डिग्रीको उकालोमा सजिलै चढ्न सक्ने रहेको छ ।

एक पटक व्याट्री पूरा चार्ज गरेपछि १ सय ७० किलोमिटरसम्मको यात्रा तय गर्न सकिने कम्पनीले जनाएको छ । घरको सामान्य प्लगमा जोडर चार्जगर्दा फुल चार्ज हुन ८ देखि १० घण्टासम्म लाग्नेछ ।

आधुनिक फिचर दिइएको कारमा पावर स्टेरिङ्ग, पावर ब्रेकिङ सिस्टम, पावर विण्डो तथा सेन्ट्रल लकिङ्ग सिस्टमजस्ता फिचर छन् ।

कारमा रियर क्यामरा र रियस सेन्सर, ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार