केन्द्रीय समितिमा देउवाको दाउ

उज्यालो प्रतिनिधि १४ फाल्गुन २०८०, सोमबार समाचार

काठमाडौं । कांग्रेस महासमिति बैठकबाट सर्वसम्मत रूपमा पास भएको पाँचवटा प्रतिवेदनलाई केन्द्रीय समिति बैठकबाट परिमार्जन गर्ने तयारीमा सभापति शेरबहादुर देउवा देखिएका छन् । आसन्न चुनावअघि गठबन्धन नगर्ने र कांग्रेसका मतदाताले रुख चिह्नमा भोट हाल्न पाउने सुनिश्चितता गर्दै महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेस गरेको प्रतिवेदन पारित भएसँगै तनावमा देखिएका देउवाले सो विषयलाई संशोधन गर्न खोजेका छन् । उनले महासमिति बैठकको समापनमा पनि सो विषय उठाएका थिए ।

 

सुरुमा सभापति देउवाले महामन्त्री थापाको प्रतिवेदनमा भएको सो वाक्यांश हटाएर महासमिति बैठकमा पेस गर्न भनेका थिए । सो विषयले गठबन्धनमा उत्तारचढाव आउने र आफ्नो प्रधानमन्त्री बन्ने भविष्य नै खतरामा पर्न सक्ने संकेतका रूपमा बुझेका देउवाले बूढानीलकण्ठमा पदाधिकारी बैठक राखेका थिए । सो विषयमा सहमत हुन नसकेपछि महामन्त्री थापाले महासमिति बैठकमा राखेको सांगठनिक प्रतिवेदन पारित भएपछि अर्को विकल्पका रूपमा सभापति देउवाले कांग्रेस केन्द्रीय बैठकबाट परिमार्जन गर्ने तयारीमा छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार