रिया लामाले जितिन् मिस तामाङ २०२४ को उपाधि

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०८०, आईतवार कला मनाेरञ्जन

काठमाडौ । मिस तामाङ २०२४ को उपाधि रिया लामाले जितेकी छन् । शनिबार काठमाडौं स्थित राष्ट्रिय सभागृहमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् ।

अघिल्लो वर्षकी मिस तामाङ विजेता पासाङ याङ्जी तामाङले उनलाई ताज लगाइदिएकी थिइन । उनी मम्स इन्टरनेशनल नेपालद्वारा आयोजना गरिएको मिस तामाङको १६ औँ संस्करण अर्थात मिस तामाङ २०२४ को विजेता भएकी हुन् ।

तामाङ कला, संस्कृति, भेषभूषा, र भाषाको संरक्षण गर्ने मूल उदेश्यका साथ आयोजना गरिएको १६ औं संस्करण मिस तामाङ-२०२४ को आयोजक संस्था मम्स ईन्टरनेशनलका अध्यक्ष नायीका रन्जिता ब्लोनले उक्त कार्यक्रमको अध्यक्षता गरेकी छन् । ब्लोनले लामो समय देखि मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएकी छन् ।

२६ जना प्रतिस्पर्धीहरु ग्राण्ड फिनालिमा रहेपनि शनिबार सम्पन्न उक्त कार्यक्रममा २५ जनाले मात्रै आफ्न विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । ग्राण्ड फिनालिको पहिलो चरणबाट टप १४ छनौट भएका थिए भने दोस्रो चरणमा टप ७ प्रतिस्पर्धी छनौट गरेका थिए । ति सबै चरणहरु पार गर्दै अन्तःत कन्टेस्टेण्ड नम्बर १३ कि रिया लामा मिस तामाङ २०२४ को विजेता भएकी हुन् । प्रतियोगिताको फस्ट रनर अप स्मृति योन्जन, सेकेन्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप पेमाडोमा लामा रहेका छन् ।

मिस तामाङ २०२४ प्रतियोगिताको निर्णायक मण्डलमा गायक प्रदिप बम्जन‚ तामाङ चलचित्र संघ नेपालका अध्यक्ष एवम् नायक कुमार मोक्तान, पूर्व मिस तामाङ सुमी मोक्तान, सञ्चारकर्मी गंगा घिसिङ रहेका थिए ।

शनिवार राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालीबाट विजेता बनेकी रिया लामाले नगद रु. १ लाख, उप-विजेता स्मृति योन्जनले ५० हजार, सेकेन्ड रनर अफ अमृता लामा तामाङले रु. ३० हजार रुपैयाँको पुरस्कार सहित क्राउन र अन्य गिफ्ट ह्याम्पर पाएकी छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार