पेट तथा आन्द्रा रोगसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०८०, शुक्रबार स्वास्थ्य/जीवनशैली
काठमाडौँ  ।    पेट तथा आन्द्राको रोगसम्बन्धी विशेषज्ञ चिकित्सकको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आज यहाँ सुरु भएको छ । सम्मेलनमा नेपालसहित भारत, श्रीलङ्का, थाइल्याण्ड, जापान, संयुक्तराज्य अमेरिकालगायत देशका करिब एक सय २५ चिकित्सक सहभागी हुनुहुन्छ ।
सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी सङ्घ नेपालका अध्यक्ष एवं सम्मेलन आयोजक समितिका संयोजक प्रा डा मुकुन्दराज जोशीले सम्मेलनमा पेट तथा आन्द्रासम्बन्धी रोगका विषयमा प्राप्त नवीन ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत हुने जानकारी दिए । उनले वंशाणुगतसहित खानपान र वातावरण परिवर्तनका कारण पेटसम्बन्धी रोगको समस्या देखिने गरेको जानकारी दिँदै खानामा लापरवाही र सन्तुलित आहारका कारण अन्य रोगका तुलनामा पेटसम्बन्धी रोगबाट अत्यधिक मानिस प्रभावित हुने गरेको जानकारी दिए ।
सम्मेलनमा पेट तथा आन्द्रा रोगको पहिचानसम्बन्धी विशिष्टीकृत उपकरण र प्रविधि, शल्यक्रिया विधि, उपचार पद्धतिलगायतका विषयमा विस्तृत छलफल हुने प्रा डा महेश खकुरेलले बताए ।  विदेशका समेत गरी करिब एक सय चिकित्सकले एकल एवं संयुक्तरूपमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सम्मेलन भोलिसम्म चल्ने छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार