सामुदायिक वनसम्म पुग्ने यातायात पहुँच नहुँदा…!

उज्यालो प्रतिनिधि ९ फाल्गुन २०८०, बुधबार फोटो समाचार

देउखुरी ।सामुदायिक वनहरूले लोभलाग्दो आम्दानी गर्दै आए पनि पूर्वाधारको राम्रो प्रबन्ध नहुँदा देउखुरी क्षेत्रका सामुदायिक वनहरूले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन् । निर्यातका लागि आवश्यकपर्ने पूर्वाधार नहुँदा पर्याप्त वनपैदावार सम्भावना भएका देउखुरी क्षेत्रका सामुदायिक वनहरूले आफ्नो आम्दानीको स्रोत गुमाउनुपरेको हो । सामुदायिक वनसम्म पुग्ने यातायात पहुँच नहुँदा वनपैदावार वनमै सढेर जाने गरेको छ । यातायात साधन पुग्ने बाटो नहुनु, ढुवानी गर्न समस्या हुनुजस्ता कारण देउखुरी क्षेत्रका सामुदायिक वनहरूले आम्दामीको स्रोत गुमाउनुपरेको हो । सामुदायिक वन क्षेत्रको संरक्षण संवर्द्धन र उपयोग पनि स्थानीय समुदायबाट गठित संरक्षण सामुदायिक वन उपभोक्ता समूहबाट भइरहेको छ ।

 

सामुदायिक वनबाट घरायसी प्रयोजनका लागि प्रयोग हुने काठ, दाउरा, घाँस, जडीबुटी, सोत्तर समुदायले उपयोग गर्दै आएको छ । यो बाहेक व्यापारिक प्रयोजनको लागि सामुदायिक वनबाट कार्ययोजनाअनुसार स्वीकृती लिएर मात्र वन पैदावारको निकासी गर्नुपर्ने डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका डिभिजनल वन अधिकृत राजु क्षेत्रीले बताए ।
उनका अनुसार अहिले सामुदायिक वनबाट स्थानीय समुदायले कार्ययोजनाअनुसार दैनिक घरायसी प्रयोजनको लागि मात्र वन पैदावारको उपयोग गर्दै आएको तर निकट भविष्यमा यस क्षेत्रमा सडक पुगेकाले सामुदायिक वनले आफ्नो कार्ययोजनामा समावेश गरेर सडेको, मक्केको, ढलेको वा निकासी गर्न मिल्ने काठहरू निकासीगरी समितिको सिफारिसमा परिषद्को स्वीकृत लिएर बेच्न पनि सक्नेछन् । यता अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले सामदायिक वनको कार्ययोजनाअनुसार मात्रै यसबाट निकासी हुने वनपैदावारको उपयोग गर्न मिल्ने बताए ।

 

विगतमा विभिन्न सामुदायिक वनमा घरायसी काठ संकलन नगर्दा उजुरी पनि परेको थियो । जसबाट सामुदायिक वनमा सुसाशन कायम गर्न पनि समस्या रहेको उनको भनाई छ । उनले भने,–। ‘वन छ तर वनबाट सोचेको आम्दानी लिन नसकेको अवस्था छ ।

वन संरक्षण र संवद्र्धनले आम्दानी र संरक्षण दुवै

लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता सहूमा आवद्ध रहेका उपभोक्ताहरुले अर्थ उपार्जनको माध्यम बनेको छ । डिभिजन वन कार्यालयको सहयोगमा स्थानीय बासिन्दाको सक्रियतामा २०५४ सालमा दर्ता भएर सबैको सामूहिक प्रयासमा काम अगाडि बढाएपछि अहिले त्यहाँका बासिन्दाको जीवनमा नै सुधार आएको उनीहरु बताउँछन् । पहिला पहिला सालको बोट र बुट्यान मात्रै भएको रातोमाटोको डाँडामा समूह गठन गरी बिरुवा रोप्ने र अन्य घाँस, डाले घाँस र फलफूलको बिरुवा रोप्न थालेपछि सिंङ्गो डाँडा नै हरियाली देखिएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताए । यहाँका उपभोक्ताले यही वन समूहमा आवद्ध भएर घरमा अहिले खसी, बोका र माउ बाख्रा पालेको अध्यक्ष रिजालले जानकारी दिए । स्थानीय बासिन्दाले आ–आफ्नो समूहभित्र परेको वनजंगलको संरक्षण, सवंद्र्धन र रेखदेख गर्दै आएका छन् ।

वन संरक्षण र संवद्र्धनका लागि बनाएको नियमले गर्दा आम्दानी र संरक्षण दुवै भएको उनको भनाइ छ । वन समूह गठन गरेपछि अहिले बरु व्यक्तिको जग्गामा घाँस चोरेर लान सक्छ तर समूहको वनमा लगाएको घाँस हप्ताको सोमबार, बिहिवार र शनिवार बाहेक अन्य दिन कसैले छुनसमेत नसक्ने भएको उनले बताए । उनले भने,–। ‘कसैले एक डोको घाँस चोरेको देखेमा एकसय रुपैयाँ जरिवाना तिर्नुपर्छ, समूहको निर्णयभन्दा बाहिर रहेर घाँस काट्नै पाइँदैन । समुदाय आफैँ मिलेर वन संरक्षण गर्ने गरिएको छ ।’

वन संरक्षणमा चासो

देउखुरी क्षेत्रका वन संरक्षणमा चासो देखाइएको छ । वन विनास हुँदै जान थालेपछि त्यसको संरक्षणमा सरोकारवालाहरुले चासो देखाएका हुन । वन विनासका कारण यहाँ पाइने बहुमूल्य जडिबुटीसँगै लोप उन्मुख अवस्थामा रहेका बन्यजन्तुहरु समेत हराउदै जान थालेपछि त्यसको संरक्षण र प्रवद्र्धनमा चासो देखाइएको हो । वन संरक्षण गर्ने विषयमा डिभिवन वन कार्यालय दाङ देउखुरी लमहीले प्रत्येक वर्ष व्यापक छलफल तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गर्ने गरेको छ । वन आर्थिक समृद्धिको आधार भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा देउखुरीका सरोकार वालाहरुले चासो व्यक्त गरेका छन् । डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका डिभिजनल वन अधिकृत राजु क्षेत्रीले मानिसको लापरवाहीका कारण यहाँका बन्यजन्तु र रुख विरुवाहरु मासिदै जान थालेको प्रति चिन्ता व्यक्त गर्दै त्यसको सरंक्षणमा सबै लाग्नुपर्ने बताए । उनले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।

देउखुरी क्षेत्रमा अझ विशेषगरी अजम्मरी सामुदायिक वनमा लोपन्मुख जनावर, चराचुरुङ्गी र बोटबिरुवा पाइनुका कारण वन संरक्षण गर्न आफू लागि परेको समेत उनले बताए । उनले वन संरक्षणमा उपभोक्ता स्वयम सचेत बन्नुपर्नेमा जोड दिदैँ, वन कार्यालयमार्फत निरन्तर संरक्षित वनमा बजेट बिनियोजन गरेर कार्यक्रम अगाडि बढाइएको बताए ।

वन्यजन्तु संरक्षणमा अग्रसर ‘अजम्मरी’ सामुदायिक वन

लमही नगरपालिका वडा नम्बर ५ लमही स्थित अजम्मरी सामुदायिक वन उभोक्ता समूहले वन्यजन्तु संरक्षणका लागि विभिन्न कार्यलाई अघि बढाएको छ । समूहले वन क्षेत्रभित्र तालतलैया निर्माण र मूहान संरक्षण गर्ने, फलफुलजन्य बोट विरुवा रोपण गर्ने र बस्तीमा जनावर आउन नदिनका लागि तारजाली लगाउने लगायतका कार्य अघि बढाएको हो । मुख्यगरी यहाँ बाघ, मृग, बदेल, बाँदर, खरायो लगायतका वन्यजन्तु पाईन्छन् । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले वन्यजन्तुलाई आहरा, पानी, बासस्थान संरक्षण लगायत उनीहरुलाई कसैले नोक्सान नपुराउन भन्ने हेतुले सोही अनुरुपका काम अघि बढाएको बताए ।

अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले जैविक विविधता ग्रीनपार्क संचालन गर्दै आएको छ । पछिल्लो समय यता पयर्टकिय स्थलका रुपमा विकसित हुँदै गर्दा वन्यजन्तु संरक्षमा जुटेको उहाँको भनाई छ । देउखुरी क्षेत्रकै केन्द्र विन्दु मानिने लमही बजार नजिकै जैविक विविधता ग्रीनपार्क पर्यटकिय स्थलका रुपमा विकास हुँदै गर्दा आन्तरिक एवं बाह्य पर्यटक आउने गरेका छन् । त्यसैगरी पानीको स्रोत संरक्षण गर्न सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार