तुलसी प्रसाद श्रेष्ठ, जसको ‘छेपारे प्रवृत्ति’ले अनिर्णयको बन्दी बन्यो ख्रीष्टियन महासंघ

उज्यालो प्रतिनिधि ९ फाल्गुन २०८०, बुधबार उज्यालो फोकस

काठमाडौं । छेपारोको विशेषमध्येको पहिलो विशेषता यो हो कि छेपारोले छिनछिनमा रङ बदल्छ । छिनमै रातो छिनमै पहेंलो त छिनमै खैरो रङमा देखा पर्ने विशेषता छेपारोमा छ । हो, ठीक यसैगरी छिन–छिनमै रङ बदलेर आफूलाई ‘छेपारे प्रवृत्ति’मा रुपान्तरण गरेका व्यक्तिको नाम हो, तुलसी प्रसाद श्रेष्ठ, उर्फ ध्रुव ।

ध्रुव भनेर चिनिने तुलसी प्रसाद श्रेष्ठले ‘छेपारे प्रवृत्ति’ देखाएसँगै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, थप अनिर्णयको बन्दीमा फसेको छ । छिनमै सुमह परिवर्तन गर्ने कहिले आफू मिलापत्र गर्ने समुहको मान्छे हो भन्दै दावी गर्ने धुर्व भनिने तुलसी प्रसादको उही ‘छेपारे प्रवृत्ति’ले महासंघ अनिर्णयको बन्दी बनेको महासंघका पदाधिकारीहरुले आरोप लगाएका छन् ।

अवैधानिक ढंगले विधानको व्यवस्थाको बर्खिलापमा महासंघका सह–अध्यक्ष उद्धव चिमौरिया समुहले अध्यक्ष सिबि गहतराजमाथि कारबाही गरेको भन्दै अनर्गल सुरुमा प्रचार सुरु गरेको थियो । विधानत राष्ट्रिय ख्रीष्टियन महासंघको केन्द्रीय समितिको संख्या १५१ जनाको रहेको छ । सोही संख्याको दुईतिहाई बहुमतको संख्याले कुनै पनि सदस्य वा पदाधिकारीमाथि कारबाही गर्न सक्छ । तर, चिमौरिया समुहले ४३ जनाको विशेष केन्द्रीय समितिको नाममा अध्यक्ष गहतराजमाथि कारबाही गरेको भन्दै महासंघमा बखेडा झिकेको थियो ।

चिमौरिया समुहको बखेडा महासंघको विधानअनुसार स्वतः अवैधानिक थियो । महासंघकै अर्का पात्र ज्ञानेन्द्रराज सापकोटा समेतसँग मिलेर चिमौरियाले निहित स्वार्थ पूर्तिका लागि महासंघलाई प्यारालाइज्ड बनाउन अवैधानिक गतिविधि रहेको अध्यक्ष सिबि गहतराज पक्षधरको आरोप छ ।

चिमौरिया समुहको यही अवैधानिक गतिविधिको बेला अध्यक्ष सिबि गहतराजको पक्षमा उभिएका पात्र हुन्, धुर्व भनिने तुलसी प्रसाद श्रेष्ठ । उनले अध्यक्ष गहतराजको पक्षबाट वकालत गर्दै सिडिओ कार्यालयदेखि हरेक छलफलमा भाग लिएका थिए ।

गहतराजको वकालतमा रहेका बेला तुलसी भन्थे, ‘महासंघको निर्वाचित अध्यक्ष सिबि गहतराज नै हो, उहाँको महासंघको विकल्पै छैन अबको १५ वर्ष महासंघको अध्यक्ष उहाँ नै हो ।’

अध्यक्ष गहतराजको तर्फबाट पटक–पटक सिडिओ कार्यालय र सार्वजनिक छलफलमा समेत उपस्थित भएका धुर्व भनिने तुलसी प्रसाद श्रेष्ठको रङ भने अहिले बदलिएको छ ।

बीचका केही समय उनी आफू मझधारको मिलापत्र गराउने समुह भनेर देखिए । त्यतिबेला उनको दैनिकी भने सिबि गहतराजको कुरा काट्ने मात्रै थियो । गहतराज पक्षका एकजना पदाधिकारी भन्छन्, ‘तुलसीजीले हामी मिलापत्र गराउने पक्षका हौँ भन्थे, तर दिनभर जोसँग भेटे पनि हाम्रो अध्यक्ष गहतराजको कुरा काटेर दिन कटाउँथे ।’

गत माघ १८ गते जिल्ला प्रशासन कार्यालयमा सहायक सिडिओको रोहबरमा भएको छलफलमा समेत तुलसी मिलापत्र गर्ने पक्षको ‘रङ’ लगाएर उपस्थित भएका थिए । तर, आन्तरिक रुपमा भने उनी चिमौरियाकै पक्षमा थिए ।

सिडिओ कार्यालय अब मिलापत्रको नाममा अर्को समुह नचाहिने बताएसँगै उनी चिमौरिया समुहमा प्रवेश गरे । उनी चिमौरिया समुहको ‘रङ’को रुपमा देखा परे । उनी अहिले चिमौरियाको पक्षमा छन् ।

यसरी छिनछिनमा रङ बदलेर ‘छेपारे प्रवृत्ति’देखाएपछि धुर्व भनिने तुलसी प्रसाद श्रेष्ठ आफैँले शेयर गरेको एउटा भिडिओको प्रतिक्रियामा देवेन्द्र सिंह डंगोल लेख्छन्, ‘अहिले आएर हजुरको समुह परिवर्तन भएछ कि के हो ? पहिलो त खुब सिबिजीको वकालत गर्नुहुन्थ्यो, बचाउ गर्नुहुन्थ्यो ।’

उनीमाथि अरुले पनि अहिले यही प्रश्न तेस्र्यारहेका छन् । सिबि गहतराजको समुह परिवर्तन गरी छेपारे प्रवृत्ति देखाएकोबारे हालै एउटा युट्युब अन्तर्वार्तामा उनले भनेका छन्, ‘म समुन्द्रको गहिराई नापेर मात्रै हिड्ने मान्छे हुँ, सिबि गहतराजको पक्षमा लागेको पनि हुँ, तर उहाँले भनेको मात्रै हुनुपर्छ भन्नेमा म सहमत थिइन’

यसरी मिलापत्रको नाममा श्रेष्ठले ‘छेपारे प्रवृत्ति’ देखाएसँगै महासंघ अहिले अनिर्णयको बन्दी बनेको छ । महासंघको विवाद आफूलाई संयोजक बनाएर टुंग्याउनुपर्छ भन्दै हिडिरहेका उनै श्रेष्ठको ‘छेपारे प्रवृत्ति’बारे भने सिडिओ कार्यालयदेखि विभिन्न छलफलमा अहिले चर्चा भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार