नेपाल ए माथि क्यानडा ४ विकेटले विजयी

उज्यालो प्रतिनिधि ६ फाल्गुन २०८०, आईतवार खेल

काठमाडौँ   । क्यानडाले नेपाल ए क्रिकेट टिमलाई पराजित गरेको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले नेपाल ए लाई ४ विकेटले पराजित गरेको छ ।

नेपाल ए ले दिएको २१७ रनको लक्ष्य पछाएको क्यानडाले ४९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

यस अघि मुलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिला ब्याटिङ गर्दै नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाउदै २१६ रन बनाएको थियो ।

नेपाल ए का लागि बषिर अहमदले अविजित ५० रन बनाएका थिए भने राशिद खानले ४० रन बनाएका थिए । त्यस्तै मयन यादवले ३५, किरण ठगुन्नाले २५, बिबेक यादवले २१ रनको योगदान दिएका थिए ।

त्यस्तै क्यानडा- ११ का बलर साद बिन जाफरले सर्बाधिक ३ विकेट लिएका थिए भने इश्वरजोत सोहीले २ विकेट लिएका थिए ।

योसँगै ३ खेलको सिरिजमा क्यानडा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल फेब्रुअरी २० मा दोस्रो र फेब्रुअरी २२ मा तेस्रो खेल हुने छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार