२ दिनसम्म इन्टरनेट बन्द

उज्यालो प्रतिनिधि ६ फाल्गुन २०८०, आईतवार विश्व

बिहार । भारतको बिहार राज्यको दरभंगा जिल्लामा २ दिनसम्म इन्टरनेटमा रोक लगाइएको छ । सरस्वती पूजापछि मूर्ति विसर्जनका क्रममा भएको हिंसालाई दृष्टिगत गरेर प्रशासनले पूरै जिल्लामा इन्टरनेटमा प्रतिबन्ध लगाएको हो । इन्टरनेटमाथिको प्रतिबन्ध फेब्रुअरी १७ को दिउँसो २ बजेदेखि लागू भई १९ फेब्रुअरी दिउँसो २ बजेसम्म लागू रहनेछ ।

‘दरभंगाका एसपी र डीएमको प्रतिवेदनअनुसार जिल्लामा केही असामाजिक तत्त्वहरूले आपत्तिजनक सामग्री फैलाएर अफवाह फैलाइरहेका छन् । यस्तो अवस्थामा फेसबुक, ट्वीटर, ह्वाट्सएप, टेलिग्राम, गुगल प्लस, वीच्याट, युट्युब जस्ता इन्टरनेट मिडियामा तत्काल सन्देश पठाउने सुविधालाई फागुन १९ गतेसम्म बन्द गरिएको छ ।’ गृह विभागका वरिष्ठ मुख्य सचिव एस सिद्धार्थले आफ्नो आदेशमा भनेका छन् ।

जिल्लाको मुरिया गाउँमा बिहीबार सरस्वती मूर्ति विसर्जनका क्रममा हिंसा भड्किएको थियो । विसर्जनका क्रममा ढुङ्गा हानेपछि त्यहाँ अराजकताको अवस्था सिर्जना भएको थियो । घटनाको जानकारी पाएपछि स्थानीय प्रहरीले आक्रमणकारीहरूलाई नियन्त्रण गर्ने प्रयास गरेका थिए । तर सङ्ख्या धेरै भएकाले प्रहरी पछि हट्नुपर्‍यो । सो क्रममा प्रहरी नायब निरीक्षक ध्रुव चौधरीसहित कैयौं प्रहरी घाइते भएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार