देउखुरी । हिरासत कक्षमा रहेका थुनुवाको समयको सदुपयोगसंगै चेतना वृद्धिमा सहयोग पु¥याउन वडा प्रहरी कार्यालय लमहीमा पुस्तकल स्थापना गरिएको छ । ज्ञान र चेतना अभिवृद्धि गराउन वडा प्रहरी कार्यालय लमहीमा पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालयसंगै लमहीका विभिन्न संस्थाले एकदर्जन भन्दा बढी पुस्तक सहयोग गरेका छन् ।
।पुस्तकालय स्थापनासंगै यसलाई निरन्तरर्ता दिन आवश्यक रहेको लमहीका स्थानिय पवन शर्मा रिजालले बताए । उनले विभिन्न कारणले प्रहरी हिरासतमा आइपुगेका हिरासत कक्षमा रहेका थुनुवालाई विभिन्न ज्ञानका कुरा सिक्न पुस्कतले सहयोग पुग्ने बताए । उनले भने,–। ‘वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठको सक्रियतामा प्रहरी कार्यालयमा यो पहिलो पटक रचनात्मक कामको सुरुवात गरिएको छ ।’ पुस्तकले जीवन परिवर्तन गर्न सक्छ भन्ने उद्देश्य सहित प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंकर श्रेष्ठले बताए ।
उनले हिरासत कक्षमा रहेका थुनुवाको रुची अनुसारको पुस्तक पठनपाठनको व्यवस्था मिलाइएको बताए । उनले भने,–। ‘हिरासत कक्षमा रहेका थुनुवाका लागि ज्ञानवर्धक पुस्तक उपलब्ध भएको छ । यस्ता सद्भावपूर्ण कार्यक्रमले हिंसा न्यूनीकरणमा सहयोग पुग्ने छ ।’ प्रहरीले विभिन्न माध्यमबाट थुनुवाका लागि आवश्यक पुस्तक संकलन गर्दै आएको छ । यता नेपाली कांग्रेस लमही नगर सभापती सन्तोष बुढाथोकीले वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले देखाएको रचनात्मक कार्य प्रशंसनीय रहेको बताए । हिरासत कक्षमा रहेका थुनुवाको ज्ञान, चेतना र सिर्जना फैलाउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएकाले यसको पूर्णरुपमा उपयोग गरी ज्ञानबर्द्धक बनाउन सफलता मिल्ने उहाँले बताए । उनले भने–। ‘संख्यात्मकभन्दा पनि गुणात्मक किसिमका पुस्तकहरु वितरण गर्न सकिए त्यसले सार्थकता पाउन सक्ने भन्दै अभियानलाई शुभकामना दिन चाहान्छु ।’
‘हामीले प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गर्नु मात्रै होइन, प्रहरी कार्यालयलाई सुधारकेन्द्रको रुपमा स्थापना गर्नु, प्रहरी हिरासतमा कुण्ठित भएर बसेका थुनुवा तथा कैदी बन्दीहरुलाई विगतमा आफुले गरेका गल्ति, कमजोरीलाई महसुस गरि आगामी जीवन अनुशासित, मर्यादित बनाउन सहयोग गर्नु यस अभियानको उदेश्य हुनुपर्छ जस्तो लाग्छ । प्रहरी हिरासतबाटै थुनुवालाई सुधार गर्न सबै प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गर्न जरुरी छ ।’ यस्तै प्रहरीको यो अभियान समग्र देशकै लागि नमुना भएको नेपाली कांग्रेस वडा नं. ५ का वडा सभापती रवि श्रेष्ठले बताउनभुाये । ‘अपराधीलाई सजाय दिएर मात्रै सुधार गर्न सकिन्छ भन्ने हाम्रो मानसिकता छ, पहिलो पटक वडा प्रहरी कार्यालय लमहीले यो मान्यतालाई तोड्न शिक्षाको बाटो अपनाएको छ, उनले भने,–। ‘यो पक्कै पनि सजिलो काम होइन तर शिक्षाले नै जीवनको अन्धकार मेटाउने भएकाले प्रहरी हिरासतबाट बाहिर निस्कँदा एक असल नागरिक बनाउन यो अभियानले महत्वपूर्ण योगदान दिनेछ ।’ यो अभियानलाई विस्तार गर्नुपर्ने र त्यसका लागि तिनै तहका सरकारले आवश्यक सहयोग गर्ने गर्न आवश्यक रहेको उनको भनाई छ ।
जेलपछिको जीवन रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने
लमहीको गोरखा सेकेण्डरी मोर्डन विद्यालयलले वडा प्रहरी कार्यालय लमहीलाई शैक्षिक सामाग्री सहयोग हस्तान्तरण गरेको छ । प्रहरी कार्यालयलाई विद्यालयले साहित्यिक, धार्मिक, सामान्य ज्ञान लगायत बहुउपयोगी पुस्तक सहयोग गरेको जनाएको छ । उक्त पुस्तकहरु शुक्रवार कार्यालय परिसरमै पुगेर वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठलाई विद्यालयका प्रधानध्यापक लोकमान रिजालले हस्तान्तरण गर्नुभएको हो । वडा प्रहरी कार्यालय लमहीमा पुस्तकालय स्थापना गर्ने अभियान अन्र्तगत विद्यालयले उल्लेखित पुस्तकहरु उपलब्ध गराएको प्रधानध्यापक रिजालले बताए । उनले पुस्तक हस्तान्तरण गर्दै प्रहरी कार्यालय पुस्तकालय अभियानले कैदीवन्दीमा सकारात्मक भाव पैदा गरी जेलपछिको जीवन रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले ज्ञानले नै मानिसलाई शान्ति दिने बताउनुभयो । उनले भने,–। ‘ज्ञानले मान्छेलाई विशिष्ट बनाउँछ, मानिस सेचत प्राणी भएकै ज्ञानले हो, तपाईंहरूलाइ पनि आफ्नो जीवन सुधार गर्ने मौका आएको छ । यसलाई सदुपयोग गरी आउने दिनमा एक उज्वल भविष्य निर्माण गर्नुहोस् ।’ उनले प्रहरी कार्यालयमा पुस्तकालय अभियानले हिरासत कक्षमा रहेका थुनुवामा सकारात्मक भाव पैदा गरी जेलपछिको जीवन रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । साथै विद्यालयले पुस्तकर राख्नका लागि पुस्तक ¥याक समेत सहयोग प्रदान गरेको हो ।