अझै सञ्चालन भएन वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’

उज्यालो प्रतिनिधि ४ फाल्गुन २०८०, शुक्रबार समाचार
काठमाडौँ   ।     वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै सञ्चालन हुन सकेको छैन । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा केही दिनयतादेखि समस्या आएको थियो ।
उक्त सफ्टवेयरमा समस्या आएपछि काममा समस्या उत्पन्न भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता तथा सूचना अधिकारी टीकाराम ढकालले राससलाई जानकारी दिए । उनले भने, “सम्पूर्ण ‘डाटा’ र ‘डकुमेन्ट’सहित अपलोड गरिएका कागजातले गर्दा मेमोरी भरिएर सफ्टवेयरमा समस्या आएको हो, समस्या समाधानका लागि प्राविधिकले प्रयास गरिरहेका छन्, १५ वर्षदेखिको डाटा र डकुमेन्ट भएकाले मेमोरी भरिएको हो ।”
वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारका ‘अफलाइन’मा निवेदन लिएको भए पनि भुक्तानी सफ्टवेयरबाट हुने भएकाले दिन नसकिएको प्रवक्ता ढकालले बताए । उनका अनुसार सफटवेयरले काम नगरे पनि उद्धारसहितका आकस्मिकलगायत काम अफलाइनमार्फत पत्र पठाएर सञ्चालन भइरहेको छ ।
बोर्ड सचिवालयको सफ्टवेयर (fewims.feb.gov.np)   को सर्भरमा केही दिनदेखि समस्या आएको र सफ्टवेयर सञ्चालन हुन अझै केही दिन लाग्ने बोर्डले जनाएको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार