तथ्यांकमा आधारित जिम्मेवार पत्रकारिता गर्न मन्त्री श्रेष्ठको आग्रह

उज्यालो प्रतिनिधि ३ फाल्गुन २०८०, बिहीबार समाचार

 

चितवन । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले तथ्यांकमा आधारित जिम्मेवार पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

बिहीबार सञ्चार रजिस्ट्रार कार्यालय हेटौंडाले चितवनको सौराहमा आयोजना गरेको ‘तथ्यांकमा आधारित पत्रकारिता तालिम र मौलिक चलचित्र निर्माण तथा प्रबर्द्धनमा सहयोग कार्यक्रम’ को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले तथ्यांकमा आधारित पत्रकारिता गर्न आग्रह गरेका हुन् । उनले प्रविधिको विकास सँगसँगै तथ्यांकमा आधारित जिम्मेवार र जवाफदेही पत्रकारिता हुन छाडेको भन्दै चिन्ता व्यक्त गरे । उनले ‘फास्टफुड पत्रकारिता’ गर्ने प्रवृत्ति बढ्दै गएको बताए । मन्त्री श्रेष्ठले फस्टफुड स्वास्थ्यको लागि हानिकारक भएजस्तै ‘फास्टफुड पत्रकारिता’ पनि हानिकारक हुने बताए ।

मन्त्री श्रेष्ठले नेताहरूले भाषण गर्ने र पत्रकारले निबन्ध लेख्ने तरिका बदल्नु पर्ने बताए । उनले एउटा कुशल र असल पत्रकारले नागरिकलाई सूचना मात्रै नदिएको भन्दै विचार निर्माणमा समेत मद्दत गरिरहेको हुने बताए । उनले सूचना, विचार र ज्ञानका लागि पत्रकारले निबन्ध नभई तथ्यांकमा आधारित सूचना र तथ्यमा आधारित विचार लेख्नुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारले सञ्चार रजिस्ट्रारको कार्यालयमार्फत पत्रकारहरूको क्षमता अभिबृद्धिका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिए । पत्रकारहरूको क्षमता अभिबृद्धिका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।

मन्त्री श्रेष्ठले बागमती प्रदेशमा चलचित्र सम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढेको पनि जानकारी दिए । उनले मौलिक चलचित्र निर्माण तथा प्रबर्द्धन सम्बन्धी प्रशिक्षणबाट प्रशिक्षार्थीहरूले सिकेको ज्ञानलाई व्यबहारमा प्रयोग गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले प्रदेश सरकारले उत्कृष्ट ठह¥याएका पटकथाको चलचित्र, वृत्तचित्र बनाउन चाहेमा सरकारले। एक लाख रुपैयाँ आर्थिक सहयोग र अन्य सहयोगहरू पनि गर्ने बताए । मन्त्री श्रेष्ठले प्रदेश सरकारले विभिन्न मातृभाषामा बन्ने चलचित्रलाई प्राथमिकता दिने बताए ।

No description available.No description available.

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार