सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

उज्यालो प्रतिनिधि ३ फाल्गुन २०८०, बिहीबार अर्थ

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबार सुनको मूल्य स्थिर रहेर कारोबार सुरु भएको जनाएको छ । महासंघले हिजो बुधबारकै मूल्यमा आज सुनको कारोबार सुरु भएको जानकारी दिएको हो ।

हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० र तेजावी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ कायम थियो । आज सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो बुधबार भने सुनको मूल्य घटेर कारोबार सुरु भएको थियो । हिजो बुधबार एकै दिन सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको थियो । सुनको मूल्य स्थिर कायम भएपनि आज चाँदीको भने बढेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो । हिजो तोलामा १३ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार