कुरूवा विद्यालयमा सरस्वतीकाे मन्दिर स्थापना

शिवु खनाल २ फाल्गुन २०८०, बुधबार समाचार

देउखुरी ।राजपुर गाउँपालिका वडा ७ कुरूवाखाेला गाउँ स्थित श्री कृष्ण प्राथमिक विद्यालयमा सरस्वतीको मन्दिरको उद्घाटन गरिएको छ । साेहि विद्यालयका संस्थापक अध्यक्ष स्व. देवबहादुर बस्नेतकाे सम्झनामा विद्यालय परिसरमा बस्नेत परिवारका तर्फबाट निर्माण गरिएको सरस्वती मन्दिरको श्रीमती बिमला बस्नेतले उद्घाटन गर्नु भएको हाे ।

२०४८ सालमा स्थापना भएको श्री कृष्ण प्राथमिक विद्यालय कुरूवा खाेलाकाे स्व. देवबहादुर बस्नेत विद्यालयकाे संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

बुधबार सरस्वती पूजाको अवसर पारेर विद्यालय परिसरमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच सरस्वतीको मन्दिर उद्घाटन गरिएकाे बस्नेतका छाेरा अर्जुन बस्नेतले जानकारी दिए । विद्यालयले परिवारलाई धन्यवाद ज्ञापन गर्नुका साथै दाेसल्ला ओढाइ सम्मानित समेत गरिएकाे हाे ।

 

कक्षा एकदेखि पाँचसम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा हाल एक सय २ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर रानाले जानकारी दिए । बुवा स्वर्गीय देवबहादुर बस्नेतकाे सम्झनामा प्रत्येक वर्ष विद्यालय अध्यनरत कक्षा एकदेखि पाँचसम्म प्रथम र द्वितीयहुने विद्यार्थीलाई कमल, कापि, ड्रेस लगायत शैक्षिक सामाग्री सहयोग प्रदान गर्ने बस्नेतका छाेरा अर्जुन बस्नेतले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार